News Portal

  • २ वर्षको श्रमस्वीकृतिका लागि ३ वर्षको वीमा किन ?

    हिमाली संचार संवाददाता
    ४५२ पटक

    काठमाडौं १३, २०७६ पौष : डडेल्धुराका बासुदेव बोहोरा ९ वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरबमा बस्दै आएका छन्। उनी केही दिनअघि छुट्टीमा नेपाल आएका थिए। नेपाल फर्कदा बोहोरासँग १ वर्षको श्रमअवधि र दुई वर्षको वीमा अवधि बाँकी नै थियो।

    फर्कने समयमा उनले श्रम तथा रोजगार मन्त्रालयको सोधपुछ कक्षमा फोन गरेर आफ्नो श्रम र वीमा दुवैको म्याद बाँकी भएको जानकारी गराउँदै आफूले पुनः श्रम स्वीकृति लिनुपर्ने/नपर्ने जिज्ञासा राखे। त्यहाँबाट श्रम तथा वीमा केही पनि गर्न नपर्ने जानकारी पाएपछि उनी ढुक्क हुँदै एयरपोर्ट गए तर, उनलाई अध्यागमनले जान नमिल्ने भन्दै रोकिदियो।

    उनले फेरि अर्को २ वर्षको श्रम स्वकिृति र ३ वर्षको म्यादी वीमा गराएपछि मात्रै उनलाई अध्यागमले जान दियो। जब की बोहोरासँग श्रम स्वीकृति र वीमा दुबैको म्याद बाँकी नै थियो। श्रम मन्त्रालयबाट भएको गलत जानकारीका कारण बोहोराले निकै नोक्सानी भोग्नु परेको छ।

    त्यस्तै समस्या विष्णुहरि नेपालले पनि भोग्नु परेको छ। उनी २००९ देखि साउदी अरेबियामा रोजगारी गर्दै आएका छन्। उनी ३ पटक छुट्टीमा घर फर्किएका छन् र फर्कदा वीमाको अवधि बाँकी हुँदाहुँदै पनि ४ पटक वीमा गराएका छन्।

    उनले ४ पटकमा ८ वर्षको श्रम स्वीकृति पाएका छन् तर, उनले वीमा भने १२ वर्षको गराएका छन्। उनले अनावश्यक रुपमा ४ वर्षको बीमा रकम तिर्नु परेको छ। हरेक वर्ष ५ देखि ६ लाख व्यक्तिहरुले श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने गर्छन्।

    श्रम स्वीकृतिको अवधि जम्मा २ वर्षको हुन्छ तर, बीमा भने ३ वर्षको नै लिनुपर्ने व्यवस्था छ। यसबाट पहिलो पटक श्रम स्वीकृति लिने व्यक्तिले १ वर्ष तथा दोस्रो पटक श्रम स्वीकृति लिने व्यक्तिले अनावश्यक २ वर्षको वीमा रकम तिर्नुपर्ने हुन्छ। यसले श्रमिकमाथि दोहोरो आर्थिक भार थपेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेन जेड आन्दोलनमा दुर्गा प्रसाईं ‘नट अलाउड’

    काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको स्वतःस्फूर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी...

    बालेनले जेन-जी प्रदर्शनलाई समर्थन जनाए

    काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भोलि हुने जेएनजी (Zen G) युवा...

    दुर्गा प्रसाईं जेएनजी पुस्ताको आन्दोलनमा सहभागी हुने

    काठमाडौँ, भदौ २२  – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारविरुद्ध भइरहेको आन्दोलनमा साथ दिने भएका छन्।...

    आज चन्द्र ग्रहण : जप गरौं यी चार मन्त्र

    काठमाडौं, भदौ २२ – आज आइतबार साँझ दोस्रो चन्द्र ग्रहण लाग्दैछ। सनातन धर्ममा ग्रहणलाई विशेष...

    बालिकालाई ठक्कर प्रकरणमा मन्त्री रानाको स्पष्टीकरण

    विराटनगर, भदौ २२ – कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले...