News Portal

२ वर्षको श्रमस्वीकृतिका लागि ३ वर्षको वीमा किन ?

हिमाली संचार संवाददाता
४९९ पटक

काठमाडौं १३, २०७६ पौष : डडेल्धुराका बासुदेव बोहोरा ९ वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरबमा बस्दै आएका छन्। उनी केही दिनअघि छुट्टीमा नेपाल आएका थिए। नेपाल फर्कदा बोहोरासँग १ वर्षको श्रमअवधि र दुई वर्षको वीमा अवधि बाँकी नै थियो।

फर्कने समयमा उनले श्रम तथा रोजगार मन्त्रालयको सोधपुछ कक्षमा फोन गरेर आफ्नो श्रम र वीमा दुवैको म्याद बाँकी भएको जानकारी गराउँदै आफूले पुनः श्रम स्वीकृति लिनुपर्ने/नपर्ने जिज्ञासा राखे। त्यहाँबाट श्रम तथा वीमा केही पनि गर्न नपर्ने जानकारी पाएपछि उनी ढुक्क हुँदै एयरपोर्ट गए तर, उनलाई अध्यागमनले जान नमिल्ने भन्दै रोकिदियो।

उनले फेरि अर्को २ वर्षको श्रम स्वकिृति र ३ वर्षको म्यादी वीमा गराएपछि मात्रै उनलाई अध्यागमले जान दियो। जब की बोहोरासँग श्रम स्वीकृति र वीमा दुबैको म्याद बाँकी नै थियो। श्रम मन्त्रालयबाट भएको गलत जानकारीका कारण बोहोराले निकै नोक्सानी भोग्नु परेको छ।

त्यस्तै समस्या विष्णुहरि नेपालले पनि भोग्नु परेको छ। उनी २००९ देखि साउदी अरेबियामा रोजगारी गर्दै आएका छन्। उनी ३ पटक छुट्टीमा घर फर्किएका छन् र फर्कदा वीमाको अवधि बाँकी हुँदाहुँदै पनि ४ पटक वीमा गराएका छन्।

उनले ४ पटकमा ८ वर्षको श्रम स्वीकृति पाएका छन् तर, उनले वीमा भने १२ वर्षको गराएका छन्। उनले अनावश्यक रुपमा ४ वर्षको बीमा रकम तिर्नु परेको छ। हरेक वर्ष ५ देखि ६ लाख व्यक्तिहरुले श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने गर्छन्।

श्रम स्वीकृतिको अवधि जम्मा २ वर्षको हुन्छ तर, बीमा भने ३ वर्षको नै लिनुपर्ने व्यवस्था छ। यसबाट पहिलो पटक श्रम स्वीकृति लिने व्यक्तिले १ वर्ष तथा दोस्रो पटक श्रम स्वीकृति लिने व्यक्तिले अनावश्यक २ वर्षको वीमा रकम तिर्नुपर्ने हुन्छ। यसले श्रमिकमाथि दोहोरो आर्थिक भार थपेको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...