News Portal

मलेसिया जानु भनेको अमेरिका जानु सरह !

हिमाली संचार संवाददाता
४२९ पटक

काठमाण्डौ ०३, २०७६ पौष : मलेसिया जाने चार जना युवासँग चर्को रकम लिंँदै गरेको अवस्थामा एक जनालाई वैदेशिक रोजगार विभागले पक्राउ गरेको छ।

गुल्मीको रेसुङ्गाका अनिल बिक, सन्दीप बिक र दीपक बहादुर सुनार तथा बराह नगरपालिका सुनसरीका सन्तोष बिष्टसँग ४ लाख ५० हजार रुपैयाँ लिंँदै गरेको अवस्थामा लाइफ इन्टरनेशनल ओभरसिजमा फेला पारिएको विभागले जनाएको हो।

चार जना युवा मलेसियाको अबिबा प्लास्टिक उद्योगमा कामका लागि जान इजाजतपत्र नम्बर ७६० भएको महाराजगञ्जमा रहेको लाइफ इन्टरनेशनल ओभरसिजका जनसम्पर्क अधिकृत दान बहादुर सोमैलाई सम्पर्क गर्दा उनले ‘मलेसिया जानु भनेको अमेरिका जानु सरह हो, १ लाख ३५ हजारमा एक पैसा कम हुन्न’ भनेर त्यसै अनुसारको पैसा लिँदै गर्दा विभागले फेला पारेको हो।

डेढ महिना अघि त्यो मलेशियन कम्पनीबाट नेपाल र मलेसियाबीचको पछिल्लो श्रम सम्झौता बमोजिमको फ्री भिसा फ्री टिकट अन्तर्गतको मागपत्र बमोजिम उनीहरुलाई मलेसिया पठाइँदै थियो।

त्यस कम्पनीमा ५० जना कामदारको माग भएकोमा यी चार जनासहित ३६ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...