आज : २०२६-०६-१८, बिहीबार

कोहलपुरका डिएसपी शाही जिल्लामा तानिए, को आए कोहलपुर इलाकामा ?

बाँके २४, २०७६ मंसिर : इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय बाँके तानिएका छन्।

आइतबार कोहलपुरमा ट्रकले एक विद्यार्थीलाई ठक्कर दिएपछि भएको घटनामा उनी विवादित बनेका थिए। केही समयअघि बाँके तरुण दलका नेतासँग खसी मागेका कारण पनि उनी विवादमा तानिएका थिए।

डिएसपी शाही सोमबार जिल्ला प्रहरी कार्यालय बाँके तानिएका हुन्। शाही तानिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक (डिएसपी) शिव बहादुर सिंहलाई ईलाका प्रहरी कार्यालय कोहलपुरमा पठाइएको छ।