News Portal

  • माइतिघरदेखि कोटेश्वरसम्म साइकल लेन बनाउने तयारी

    हिमाली संचार संवाददाता
    ३८२ पटक

    काठमाडौं – ललितपुर महानगरपछि काठमाडौं महानगरपालिकाले पनि साइकल लेन बनाउने तयारी गरेको छ । महानगरको सहरी योजना आयोगले काठमाडौंमा साइकल लेन बनाउनका लागि गुरुयोजना समेत तयार पारिसकेको छ ।

    आयोगका कार्यकारी उपाध्यक्ष सरोज बस्नेतले साइकल लेन निर्माणका लागि गुरुयोजना तयार भइसकेको र सरोकारवालासँगको छलफल पछि अन्तिम रुप दिइने जानकारी दिए ।

    चालु आर्थिक वर्षमा नै सम्पन्न गर्ने गरी महानगरले काम अघि बढाएको हो । गुरुयोजना अनुसार माइतिघरदेखि–बानेश्वर हुँदै तिनकुने–कोटेश्वरसम्म महानगरले साइकल लेन निर्माण गर्नेछ ।

    आयोग उपाध्यक्ष बस्नेतका अनुसार छेउको लेन र पैदल यात्री हिँड्ने सडक पेटीको बीचमा साइकल लेन निर्माण हुनेछ ।

    ‘अहिले हामीले साइकल ट्रयाकका लागि डिजाइन समेत फाइनल गरिसकेका छौं, माइतीघरदेखि तिनकुनेसम्मका लागि डिजाइन तयार भएको छ’ उपाध्यक्ष बस्नेतले भने, ‘यस विषयमा भोलि नै हामी सरोकारवालाहरुसँग छलफल गर्दैर्छौ, उहाँहरुको सुझाव समेत समेटेर डिजाइन फाइनल भएर काम सुरु हुनेछ ।’

    साइकल ट्रयाकका विषयमा छलफल गर्न मंगलबार अन्तरक्रिया कार्यक्रम राखिएको छ । आयोगले साइकल लेनका विषयमा छलफल गर्न सरोकारवालाहरुलाई बोलाएको छ । आयोगले दिएको जानकारी अनुसार छलफलका लागि ठूला नेतादेखि बहालवाला मन्त्री, सांसद तथा साइकल लेन सम्बन्धी जानकारहरुलाई डाकिएको छ ।

    ललितपुर महानगरले यसअघि नै कुपण्डाेलदेखि मंगलबजारसम्म लेन बनाउनका लागि शिलान्याससमेत गरिसकेको छ । ललितपुरले सामान्य रेखांकन गर्ने र रेखांकन गरिएको क्षेत्रमा साइकललाई प्राथमिकता दिनुपर्ने बताएको छ । तर काठमाडौंको भने योभन्दा फरक र केही आधुनिक हुने आयोगले बताएको छ ।

    महानगरले लेन निर्माणका लागि ३ करोड रुपैयाँ भन्दा बढी खर्चिने उपाध्यक्ष बस्नेतले बताए । उनका अनुसार लेनका लागि रेखांकनमात्रै नगरेर महानगरले छुट्टै संरचना समेत बनाउनेछ । त्यो लेनमा मोटरसाइकल समेत प्रवेश गर्न पाउने छैन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नक्खु जेलबाट रवि लामिछाने रिहा हुने तयारी, राजधानीमा तनाव

    काठमाडौं, भदौ २४ — राजधानीमा राजनीतिक तनाव उच्च स्तरमा पुगेको छ। स्रोतका अनुसार, नक्खु जेलबाट...

    ब्रिफिङ: नेताका निवास र संवेदनशील क्षेत्रमा आगजनी, सुरक्षाकर्मी नियन्त्रण बाहिर

    काठमाडौं, २४ भदौ – सरकारविरुद्धको आन्दोलन बढ्दै गएपछि देशभर आगजनी र तोडफोडका घटनाहरू बढेका छन्।...

    बालकोटमा ओली निवासमा आगजनी, प्रदर्शन अझ चर्कियो

    काठमाडौं, २४ भदौ – बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आज प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।...

    कृषिमन्त्री अधिकारीले दिए राजीनामा

    काठमाडौँ, भदौ २४ – कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्।...

    रास्वपाका सबै सांसद राजीनामाको तयारीमा

    काठमाडौं, भदौ २४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरूले सामूहिक राजीनामा दिने तयारी...