News Portal

  • नेपाल तामाङ युवा घेदुङको अध्यक्षमा बिनोद लामा चयन

    हिमाली संचार संवाददाता
    ४२७ पटक

    काठमाडौँ २३, २०७६ मंसिर : नेपाल तामाङ्ग युवा घेदुङको अध्यक्षमा बिनोद लामा चयन भएका छन्। सोमबार काठमाडौँको बालाजुस्थित वाइसधारामा भएको नेपाल तामाङ युवा घेदुङ काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सम्मेलनमा लामा अध्यक्षमा चयन भएका हुन्।

    नेपाल तामाङ युवा घेदुङको अध्यक्षमा बिनोद लामा चुनिए भने उपाध्यक्षमा दिल बहादुर लामा र गोमा तामाङ चुनिए।

    त्यसैगरी सचिबमा शंकर तामाङ रहे भने सहसचिबमा सुदिप लामा र कोषाध्यक्षमा दिवाकर्ण लामा रहे। त्यसैगरी सदस्यमा रश्मि तामाङ, अनिता लामा, विशेष लामा, हिमाल लामा, विजय मोक्तान लगायत सदस्यमा रहे।

    कार्यक्रममा सभापतित्वको भूमिका विनोद लामाले गरेका थिए भने प्रमुख अतिथिका रुपमा अमिर लामा थिए। त्यसैगरी विशेष अतिथिमा राजु लामा थिए भने अतिथिमा विलाम मुक्तान, रसिला लामा,मिरु तामाङ थिए। कार्यक्रममा समाजसेवी वासुदेव लामा लगायत् मानिसहरुको बाक्लो उपस्थिति रहेको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नक्खु जेलबाट रवि लामिछाने रिहा हुने तयारी, राजधानीमा तनाव

    काठमाडौं, भदौ २४ — राजधानीमा राजनीतिक तनाव उच्च स्तरमा पुगेको छ। स्रोतका अनुसार, नक्खु जेलबाट...

    ब्रिफिङ: नेताका निवास र संवेदनशील क्षेत्रमा आगजनी, सुरक्षाकर्मी नियन्त्रण बाहिर

    काठमाडौं, २४ भदौ – सरकारविरुद्धको आन्दोलन बढ्दै गएपछि देशभर आगजनी र तोडफोडका घटनाहरू बढेका छन्।...

    बालकोटमा ओली निवासमा आगजनी, प्रदर्शन अझ चर्कियो

    काठमाडौं, २४ भदौ – बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आज प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।...

    कृषिमन्त्री अधिकारीले दिए राजीनामा

    काठमाडौँ, भदौ २४ – कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्।...

    रास्वपाका सबै सांसद राजीनामाको तयारीमा

    काठमाडौं, भदौ २४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरूले सामूहिक राजीनामा दिने तयारी...