News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • चेलिबेटी समाजद्वारा २८औं महिला हिंसा बिरुद्ध अन्तका लागि जनचेतनामूलक कार्यक्रम

    हिमाली संचार संवाददाता
    ७५६ पटक

    रबिन्द्र बराल
    मोरङ २०, २०७६ मंसिर : माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको चेलिबेटी समाजद्वारा हरेक बर्ष झै यस बर्ष पनि “समानताकाे पुस्ता, बलात्कार विरुद्धकाे एकबद्धता “भन्ने मुल नाराका साथ १६ दिने अन्तर्राष्ट्रिय दिवसकाे अवसर पारेर रंगेलीमा सचेतना मुलक प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रमकाे आयोजना गरेको छ।

    २८औं महिला हिंसा बिरुद्ध अन्तका लागि १६ दिने अन्तराष्ट्रिय कार्यक्रम अन्तर्गत र्‍याली पछि अभियान अन्तर्गत महिला हरुले रंगेली नगरपालिकाकाे कार्यलय देखि निकालेको र्‍याली रंगेली बसपार्क, अस्पताल चाैक, कालिमंन्दिर प्राङ्गण हुदै बजार परिक्रमा गरेर नगरपालिकाकाे सभाहलमा आएर र्‍याली सम्पन्न भएको थियो।

    उक्त र्‍यालीमा नगरपालिकाका उपमेयर, वडाध्यक्ष, विद्यार्थी, स्थानीय, विभिन्न संस्थाका प्रतिनिधि लागयतकाे सहभागीता रहेको थियोे।

    उक्त र्‍यालीमा बालविवाह सामाजिक अपराध हाे, दाईजाे प्रथा अन्त्य गर, घरेलुु हिंसा अन्त्य गर, महिला हिंस विरुद्ध एक हाै, बलत्कारीलाई कार्वाही गर, छाेरीलाई दाईजाे हाेईन शिक्षा देऊ, छाेरा र छाेरी भेदभाव गर्ने पाईदैन जस्ता प्लेकार्ड बाेकेर बजार परिक्रमा गरेका थिए। उनिहरुले सहभागीहरुलाई अन्तरक्रिया समेत गराएका थिए।

    कार्यक्रमकाे प्रमुख अतिथि नगरपालिका उपमेयर केशव कुमारी खराल, कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी, ईलाका प्रहरी कार्यलयका रंगेलीका सहायक निरिक्षक सुरेन्द्र बस्नेत, वडाध्यक्ष रामचन्द्र मंन्डल, अधिबक्ता कला त्रिताल, अधिबक्ता सीता पाैडेल, ईन्सेकका कार्यकारी अधिकृत बागमता कट्टेल, अाेरेक नेपालका प्रतिनिधि लगायतकाे उपस्थित समेत रहेको थियो।

    कार्यक्रमका प्रमुख अतिथिले भने रंगेली नगरपालिकामा रहेको चेलिबेटी समाजले महिला हिंसाकाे कार्यक्रम सन्चालन गरेकाेमा अाफु खुशि रहेको बताईन।

    चेलिबेटी समाज नेपालकाेे आयााेजना तथा मानव अधिकार समूह रंगेली, ईलाका प्रहरी कार्यलय रंगेली, संन्सारीमाई फेडरेसन रंगेली, लालीगुराँस अामा समूह रंगेली, सृजनसिल अामा समूह अामताेला लागयत अाधा दर्जन संस्थाहरुकाे सह-अायाेजनामा र रंगेली नगरपालिकाकाे सहयोगमा उक्त कार्यक्रम गरिएको थियोे।

    उक्त कार्यक्रम चेलिबेटी समाजका अध्यक्ष उषा झा ठाकुरको सभापतित्वमा सम्पन्न भएको थियोे।

    प्रतिकृया दिनुहोस्

    राजनैतिक दलहरुले देशलाई मजाक बनाए

    गणतन्त्रका मठाधिशहरुले देशलाई मजाक बनाएका छन्। हरेक कुरामा भागबण्डा गरेर देशलाई बर्वादिको मार्गमा पुर्याइसकेका पार्टिहरु...

    ‘लोडसेडिङ भयो’ भन्दै विदेशबाट आउने फोनले हैरान, मन्त्री खड्काको गुनासो

    काठमाडौं, जेठ ७ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का हालसालै विदेशमा रहेका केही नेपालीबाट...

    गौशालामा आठ सवारी ठोक्किँदा आठ जना घाइते, बस चालक फरार

    काठमाडौं, जेठ ७ – काठमाडौंको व्यस्त क्षेत्र गौशालामा बुधबार दिउँसो एक आपसमा ठोक्किँदै आठवटा सवारी...

    बलुचिस्तानमा स्कुल बसमा विस्फोट, तीन बालबालिकासहित पाँचको मृत्यु

    पाकिस्तानको अशान्त प्रान्त बलुचिस्तानको खुजदार सहरमा बुधबार बिहान एक हृदयविदारक घटना घटेको छ। स्कुलतर्फ गइरहेको...

    राष्ट्र बैंकमा गभर्नरको स्वागतसँगै पौडेलको पहिलो निर्णय : एक हजार र पचास रुपैयाँका नोट छपाइ प्रक्रिया सुरु

    काठमाडौं, जेठ ७ – नेपाल राष्ट्र बैंकमा नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको स्वागत कार्यक्रम सम्पन्न भएसँगै...