News Portal

  • जनसम्पर्क समिती ओमानले स्वर्गीय शुशिल कोइरालाको ७९औ जन्मजयन्ती मनायो

    हिमाली संचार संवाददाता
    ९६५ पटक

    अगस्ट १७,मस्कट – नेपाली जनसम्पर्क समिती ओमानले मासिक बैठक तथा पुर्वसभापति तथा पुर्व प्रधानमन्त्री स्वर्गीय शुशिल कोइरालाको ७९औ जन्म जयन्ती मनाएको छ। कार्यक्रममा स्वर्गीय सुशील कोइरालाको तस्बिरमा अबिर लगाएर कार्यक्रम शुरु भएको थियो। उपस्थित सम्पुर्ण सदस्यहरुले सुशील कोइरालाको योगदानको बारेमा बर्णन गर्नु भएको थियो।

    आजको बैठकबाट नेपाली जनसम्पर्क समिति ओमानको पहिलो एरिया समितिको बिस्तारको लागि सोहारमा कार्यरथ नेपाली जनसम्पर्क समिति ओमानका सदस्य महमत सेराजुदिनलाई एरिया संयोजक तोकि त्यहा रहनु भएका रास्टियता लोकतन्त्र र समाजवादमा आस्था राख्नु हुने सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरुलाइ उहाको सम्पर्कमा आउनु हुन अनुरोध गर्दै अर्को महिना त्यहा एरिया समितिको निर्माण गर्ने निर्णय भएको छ। सम्पुर्ण साधारण सदस्य लिएका सदस्यहरुलाइ कृयाशिल सदस्य फर्म भर्नको लागि सबैलाइ अनुरोध गर्ने र आउने एक महिनामा सललामा पनि एरिया समिती बनाउनको लागि प्रोसेस गर्ने निर्णय भएको समितिले जनाएको छ ।

    कार्यक्रममा उपसभापतिहरु बेधनिधि आचार्य, शालिक चापागाईं र संजय शाह लगायत समितिका सबै पदाधिकारी र सदस्य हरुको उपस्थित रहेको थियो। कार्यक्रममा संस्थाका कोशाध्यक्ष लोकनाथ बास्ताकोटीले आयब्ययको बारेमा जानकारी गाराउनु भएको थियो। संस्थाका सभापति फर्सुराम पोख्रेलको सभापतिमा सो कार्यक्रम भएको थियो। अन्त्यमा उपस्थित सबैलाइ धन्यवाद दिदै सभापतिबाट कार्यक्रम समाप्तको घोषणा गर्नु भएको थियो। कार्यक्रम महामन्त्री नवीन पङेनीले सन्चालन गर्नु भएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    इजरायलमा विपिन जोशीको अवस्था अझै अज्ञात

    काठमाडौं, २६ असोज – इजरायलमा रहेका नेपाली नागरिक विपिन जोशीको हालको अवस्था अझै स्पष्ट छैन।...

    महेश बस्नेतले महावीर पुनको जेनजी सन्देशको समर्थन गरे

    काठमाडौँ, असोज २६ – नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले शिक्षामन्त्री महावीर पुनले जेनजी...

    नेपाल राष्ट्र बैंकले एटीएम निकासी सीमा घटायो

    काठमाडौँ, असोज २६ — नेपाल राष्ट्र बैंकले एटीएममार्फत नगद निकाल्न सकिने रकमको सीमा घटाउने निर्णय...

    आज २०८२ साल असोज २६ गतेको राशिफल

    आज असोज २६, २०८२ (अक्टोबर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    आज २०८२ साल असोज २५ गतेको राशिफल

    आज असोज २५, २०८२ (अक्टोबर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...