News Portal

नेपाल-भारत सीमामा सेना राखेर मात्र भारतसँग वार्ता गरौँ : नेकपा नेता रावल

हिमाली संचार संवाददाता
४९१ पटक

सूर्यप्रसाद पाण्डे
काठमाडौं २, २०७६ मंसिर : पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समितिका सदस्य भीम रावलले नेपाल र भारतबीच सीमा विवाद रहेका ठाउँमा सेना राखेर मात्र दुई मुलुकबीच वार्ता गर्नुपर्ने बताएका छन्।

रत्नराज्यलक्ष्मि क्याम्पसमा सोमबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै रावलले यस्तो बताएका हुन्।

नेपाल र भारतको सीमा विवाद पुरानो समस्या भएको बताउँदै उनले भने, ‘विगतमा नेताहरुको सत्ता लिप्साका कारण समस्या समाधान हुन सकेन। अहिले दुई तिहाइको बलियो सरकार भएकोले यो पटक जसरी पनि समस्याको समाधान गर्नुपर्छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पनि सीमा विवाद भएको ठाउँमा तत्काल सेना पठाउनुपर्ने बताए। उनले भने, ‘सबै भन्दा पहिला विवादित ठाउँमा सेना पठाउनुपर्छ।

सँगसँगै सीमा विवाद रहेको ठाउँका बासिन्दालाई बलियो बनाउनुपर्छ। सीमा विवादको समस्या समाधानका लागि कुनै दल विशेष नभनी सबै क्षेत्रका मानिसहरु एकजुट भएर लाग्नुपर्ने उनले बताए।

नेपाल कम्युनिस्ट पार्टीका युवा नेताद्धय ठाकुर गैरे र लेखनाथ न्यौपानेले सीमा सुरक्षाका लागि सरकारले तत्काल कुटनितिक पहल गर्नुपर्ने बताए।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...