News Portal

पाँच बर्षमा भारत र दश बर्षमा चीनलाई विकास निर्माणमा छुन्छौ : बामदेव गौतम

हिमाली संचार संवाददाता
५२५ पटक

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले नेपालको विकास र सम्मृद्धिले आगामी ५ बर्षमा भारत र १० बर्षमा चीनलाई छुने बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई शनिबार राजधानीमा सम्बोधन गर्दै पार्टीको प्रस्तावित उपाध्यक्ष समेत रहेका गौतमले छिमेकी देशको आर्थिक विकासलाई छुने गरि मुलुक विकासको गतिमा अघि बढेको बताएका हुन् ।

जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउने पनि बताए । विगतमा बुद्ध र सगरमाथाको नाममा नाम कमाउने काम भएको उल्लेख गर्दै अब भने समाजवाद निर्माण गरेर नेपालले विश्वसामु नाम कमाउने दाबी उनले गरे। 

उनले भने, ‘जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउँछौ। आएर हेर, ५ बर्ष सम्म राम्रोसँग काम गर्न पायौ भने ५ बर्षमा भारतलाई हामीले छुन्छौ।

१० बर्षमा चीनलाई छुन्छौ। हामी यही बाटोमा अघि बढेर समाजवाद निर्माण गरेर देखाउँछौ र संसारका सबैले नेपालमा आएर हेर्नेछन् कसरी समाजवाद निर्माण भयो भनेर बुद्धको नाममा नाम कमाउने, सगरमाथाको नाममा नाम कमाउने काम जति भयो भयो तर अब समाजवाद निर्माण गरेर नाम कमाउने काम हामीले गर्नुपर्छ।

उनले मुलुकको विकास र रक्षा गर्ने जिम्मेवारी युवा शक्तिको काँधमा आएको भन्दै योगदानका लागि सधै तयार छु भन्ने भावना सबैमा जागृत हुनुपर्ने आवश्यकता औल्याए।

राष्ट्रिय युवा संघ नेपाल पद र प्रतिष्ठाका लागि नभई मुलुकको आवश्यकता अनुसार योगदान पुर्याउने जुझारु युवाहरुको संगठन भएको भन्दै दिईएको जिम्मेवारी पुरा नगर्नेलाई पद छोड्न पनि निर्देशन दिए। कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराइएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...