News Portal

पाँच बर्षमा भारत र दश बर्षमा चीनलाई विकास निर्माणमा छुन्छौ : बामदेव गौतम

हिमाली संचार संवाददाता
५६४ पटक

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले नेपालको विकास र सम्मृद्धिले आगामी ५ बर्षमा भारत र १० बर्षमा चीनलाई छुने बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई शनिबार राजधानीमा सम्बोधन गर्दै पार्टीको प्रस्तावित उपाध्यक्ष समेत रहेका गौतमले छिमेकी देशको आर्थिक विकासलाई छुने गरि मुलुक विकासको गतिमा अघि बढेको बताएका हुन् ।

जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउने पनि बताए । विगतमा बुद्ध र सगरमाथाको नाममा नाम कमाउने काम भएको उल्लेख गर्दै अब भने समाजवाद निर्माण गरेर नेपालले विश्वसामु नाम कमाउने दाबी उनले गरे। 

उनले भने, ‘जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउँछौ। आएर हेर, ५ बर्ष सम्म राम्रोसँग काम गर्न पायौ भने ५ बर्षमा भारतलाई हामीले छुन्छौ।

१० बर्षमा चीनलाई छुन्छौ। हामी यही बाटोमा अघि बढेर समाजवाद निर्माण गरेर देखाउँछौ र संसारका सबैले नेपालमा आएर हेर्नेछन् कसरी समाजवाद निर्माण भयो भनेर बुद्धको नाममा नाम कमाउने, सगरमाथाको नाममा नाम कमाउने काम जति भयो भयो तर अब समाजवाद निर्माण गरेर नाम कमाउने काम हामीले गर्नुपर्छ।

उनले मुलुकको विकास र रक्षा गर्ने जिम्मेवारी युवा शक्तिको काँधमा आएको भन्दै योगदानका लागि सधै तयार छु भन्ने भावना सबैमा जागृत हुनुपर्ने आवश्यकता औल्याए।

राष्ट्रिय युवा संघ नेपाल पद र प्रतिष्ठाका लागि नभई मुलुकको आवश्यकता अनुसार योगदान पुर्याउने जुझारु युवाहरुको संगठन भएको भन्दै दिईएको जिम्मेवारी पुरा नगर्नेलाई पद छोड्न पनि निर्देशन दिए। कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराइएको थियो।

प्रतिकृया दिनुहोस्

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...