News Portal

तत्कालीन भौतिक तथा पूर्वाधारमन्त्री गच्छदारसँग अख्तियारको ४ घण्टे बयान

हिमाली संचार संवाददाता
६१६ पटक

काठमाडौं ३०, २०७६ कार्तिक : प्रधानमन्त्री निवास बालुवाटार जग्गाा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक योजना तथा पूर्वाधारमन्त्री विजयकुमार गच्छदारसँग ४ घण्टा लामो बयान लिएको छ।

अख्तियार स्रोतका अनुसार गच्छदारसँग अनुसन्धान अधिकृतहरुले शुक्रबार साँझ ५ बजेदेखि ९ बजेसम्म बयान लिएका हुन्। बयानको क्रममा गच्छदारले मन्त्रिपरिषद्को नीतिगत निर्णय भएकाले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको भन्दै बचाउ प्रयास गरेका छन्।

बयानका क्रममा गच्छदारले भनेका छन्, ‘प्रशासनिक तहबाट निर्णय भएर आएकाले मैले हस्ताक्षर गरेर मन्त्रिपरिषदमा  पठाएको हुँ । यसमा मेरो कुनै दोष छैन्।

अख्तियारले प्रधानमन्त्री निवास बालुवाटारस्थित ललिता निवास प्रकरणमा सय जना बढीसँग बयान लिइसकेको छ भने १५० जनालाई बयानका लागि पत्राचार गरेको राजधानीदैनिकमा समाचार छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...