News Portal

तत्कालीन भौतिक तथा पूर्वाधारमन्त्री गच्छदारसँग अख्तियारको ४ घण्टे बयान

हिमाली संचार संवाददाता
५९१ पटक

काठमाडौं ३०, २०७६ कार्तिक : प्रधानमन्त्री निवास बालुवाटार जग्गाा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक योजना तथा पूर्वाधारमन्त्री विजयकुमार गच्छदारसँग ४ घण्टा लामो बयान लिएको छ।

अख्तियार स्रोतका अनुसार गच्छदारसँग अनुसन्धान अधिकृतहरुले शुक्रबार साँझ ५ बजेदेखि ९ बजेसम्म बयान लिएका हुन्। बयानको क्रममा गच्छदारले मन्त्रिपरिषद्को नीतिगत निर्णय भएकाले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको भन्दै बचाउ प्रयास गरेका छन्।

बयानका क्रममा गच्छदारले भनेका छन्, ‘प्रशासनिक तहबाट निर्णय भएर आएकाले मैले हस्ताक्षर गरेर मन्त्रिपरिषदमा  पठाएको हुँ । यसमा मेरो कुनै दोष छैन्।

अख्तियारले प्रधानमन्त्री निवास बालुवाटारस्थित ललिता निवास प्रकरणमा सय जना बढीसँग बयान लिइसकेको छ भने १५० जनालाई बयानका लागि पत्राचार गरेको राजधानीदैनिकमा समाचार छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...