News Portal

प्रधानमन्त्री र भारतको विरोध गर्दा पक्राउ परेका नेविसंघका नेताहरू रिहा

हिमाली संचार संवाददाता
६३३ पटक

काठमाडौं २५, २०७६ कार्तिक : भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्साभित्र राखेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले निकालेको मसाल जुलुसका क्रममा प्रहरीले पक्राउ गरेका विद्यार्थी नेताहरूलाई रिहाइ गरिदिएको छ।

आइतबार साँझ काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडिबाट पक्राउ परेका नेविसंघका विद्यार्थी नेताहरूलाई प्रहरीले झण्डै तीन घण्टा राखेर छाडिदिएको हो।

भारतविरुद्ध निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो। नेविसंघका विद्यार्थी नेताहरूले लिपुलेक र कालापानी हाम्रो हो भन्दै भारत र दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध नारावाजी गरेका थिए।

उनीहरूलाई पक्राउ गरेर प्रहरीले विद्यार्थी नेताहरूलाई प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लवमा राखेको थियो। पक्राउ परेका विद्यार्थीलाई डीएसपी पवन भट्टराईले लात्ती प्रहार गर्नुका साथै अभद्र व्यवहार गरेको पक्राउ परेका विद्यार्थीलाई उदृत गर्दै नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले जानकारी दिएका छन्।

विद्यार्थी नेताहरू पक्राउ परेपछि उनीहरूको रिहाइ माग गरेर शाहसहितका विद्यार्थी नेताहरू महेन्द्र पुलिस क्लव अगाडि जम्मा भएर प्रहरीलाई दवाव दिएका थिए।

पक्राउ परेर रिहाइ हुनेमा प्रेम शाही, शैलेन्द्र गौडेल, सुरज सेजवाल, पंकज सुवेदी, लक्ष्मी सिलवाल, अशोक विष्ट, अनुराग शाह, बलराम ढकाल, शिखर खड्का, सुरज नेपाल, मनिष खड्का लगायतका विद्यार्थीहरु रहेका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...