News Portal

प्रधानमन्त्री र भारतको विरोध गर्दा पक्राउ परेका नेविसंघका नेताहरू रिहा

हिमाली संचार संवाददाता
५८५ पटक

काठमाडौं २५, २०७६ कार्तिक : भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्साभित्र राखेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले निकालेको मसाल जुलुसका क्रममा प्रहरीले पक्राउ गरेका विद्यार्थी नेताहरूलाई रिहाइ गरिदिएको छ।

आइतबार साँझ काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडिबाट पक्राउ परेका नेविसंघका विद्यार्थी नेताहरूलाई प्रहरीले झण्डै तीन घण्टा राखेर छाडिदिएको हो।

भारतविरुद्ध निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो। नेविसंघका विद्यार्थी नेताहरूले लिपुलेक र कालापानी हाम्रो हो भन्दै भारत र दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध नारावाजी गरेका थिए।

उनीहरूलाई पक्राउ गरेर प्रहरीले विद्यार्थी नेताहरूलाई प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लवमा राखेको थियो। पक्राउ परेका विद्यार्थीलाई डीएसपी पवन भट्टराईले लात्ती प्रहार गर्नुका साथै अभद्र व्यवहार गरेको पक्राउ परेका विद्यार्थीलाई उदृत गर्दै नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले जानकारी दिएका छन्।

विद्यार्थी नेताहरू पक्राउ परेपछि उनीहरूको रिहाइ माग गरेर शाहसहितका विद्यार्थी नेताहरू महेन्द्र पुलिस क्लव अगाडि जम्मा भएर प्रहरीलाई दवाव दिएका थिए।

पक्राउ परेर रिहाइ हुनेमा प्रेम शाही, शैलेन्द्र गौडेल, सुरज सेजवाल, पंकज सुवेदी, लक्ष्मी सिलवाल, अशोक विष्ट, अनुराग शाह, बलराम ढकाल, शिखर खड्का, सुरज नेपाल, मनिष खड्का लगायतका विद्यार्थीहरु रहेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...