News Portal

पुराना कम्युनिस्ट नेता मैनालीको घोषणा : जनताले प्रधानमन्त्री ओलीलाई माफी दिँदैनन्

हिमाली संचार संवाददाता
५५१ पटक

काठमाडौं २५, २०७६ कार्तिक : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मालेका महासचिव तथा पुराना कम्युनिस्ट नेता सिपी मैनालीले भारत सरकारबाट नेपाली भूमि फिर्ता नलिए प्रधानमन्त्री केपी ओलीलाई नेपाली जनताले माफी नदिने चेतावनी दिएका छन्।

महासचिव मैनालीले कालापानी लगायतका नेपाली भूभाग भारतले मिचेको प्रमाण सरकारसँग रहेको बताउँदै सीमा समस्या समाधान गर्न प्रधानमन्त्री ओलीलाई गम्भीर भएर लाग्न आग्रह गरेका छन्।

आईतबार मालेले भारतले सीमा मिचेको विरोधमा काठमाडौंमा आयोजना गरेको विरोध प्रर्दशनमा बोल्दै मैनालीले दुई मुलुकबीचको सीमा समस्या समाधान नगरे नेपाली जनताले ओली नेतृत्वको वर्तमान सरकारलाई पनि अस्वीकार गर्ने घोषणा गरे।

नेता मैनालीले विज्ञहरूले पटकपटक दिएको सुझावलाई ध्यानमा राखेर सरकारले भारतसँगको सीमा समस्या समाधान गर्नुपर्ने सुझाव दिए। काठमाडौंको प्रर्दशनीमार्गबाट सुरू भएको विरोध प्रर्दशन पुतलीसडक, बाघबजार हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...