News Portal

नायक रमेश उप्रेतीसहित कलाकारद्वय विनोद र करिस्मा मानन्धर युएईमा

हिमाली संचार संवाददाता
७१९ पटक

आरपी ढुंगाना
युएई ३, २०१९ नोभेम्बर : नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायिका करिस्मा मानन्धर, निर्माता विनोद मानन्धरसहित चर्चित नायक रमेश उप्रेती सपरिवार युएईको भ्रमण रहेका छन्।

पाँच दिने भ्रमणको लागि ३१ अक्टोबर विहिबार दिउँसो १ बजे दुबई आएका कलाकारहरु युएईका मुख्य पर्यटकीय स्थलहरुको भ्रमण गर्ने कार्यक्रम रहेको यात्रा सहजीकरण गरिरहेका नेपाली व्यावसायी ओम उप्रेतीले जानकारी दिए।

उप्रेतीका अनुसार शुक्रबार इनास युएईको एक रिसेप्सनमा बरदुबईको एभरेष्ट क्लब एन्ड बारमा दिउँसो कलाकारहरु भाग लिएका छन् भने शुक्रबार अपह्नतिर कलाकारहरुको टाेली डेजर्ट सफारी गएका छन्।

शनिबार अबुधाबीका मुख्य पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण कलाकार टोलीले गर्नेछ भने बाँकी दिनहरुमा रस अल खेमा र अलएनको भ्रमण गर्ने तालिका रहेको छ।

भ्रमणटोलीमा नायिका करिस्मा मानन्धर, निर्माता तथा निर्देशक विनोद मानन्धर, छोरी कविता र उनकी साथी चन्दन साथै नायक रमेश उप्रेतीको साथमा उनकी श्रीमती किरन उप्रेती पनि सहभागी छन्।

युएईको भौतिक विकास, सार्वजनिक सुविधा र कलासंस्कृतिको बारेमा जान्ने उदेश्य लिएर यो भ्रमण गर्न लागेको नायिका मानन्धरले जानकारी दिएकी छन्।

नायक उप्रेतीले पटकपटक युएईको भ्रमण गरे पनि यहाँको हरेक कुराले लोभ्याउने गरेका कारण पुनः युएई आएको बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...