News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • किन फुटाइदिएकी थिइन्  महराकाे श्रीमतीले मोबाइल !

    हिमाली संचार संवाददाता
    ६४३ पटक

    काठमाडौँ – संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहारको आरोपमा पक्राउपछि मुद्दा चलाइएका निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रयोग गर्ने गरेको मोवाइल फोन घटनाबारे समाचार सार्वजनिक भएपछि उनकी श्रीमती सीता महराले फुटाइदिएको बयान दिएकी छन् ।

    उनले मोवाइल फोनकै कारण घट्ना हुन गएको भन्दै आफू मोवाइल फुटाउने निर्णयमा पुगेको समेत सीताले बयानमा भनेकी छन् ।

    सरकारी वकिलको कार्यालय मार्फत अदालतमा दायर अभियोगपत्रमा महराकी श्रीमती सिता महराले दिएको बयानमा ‘मिति २०७६ असोज १३ गते विभिन्न सञ्चारमाध्यमहरुमा मेरो श्रीमान् कृष्णबहादुर महराले मिति असोज १२ गते परिवर्तित नाम (वृत्त नयाँबानेश्वर–२६(३०)२०६७।०७७ लाई निज पीडितको कोठामा गई जवरजस्ती करणी गर्न खोजेको र मेरो श्रीमानको मोवाइलबाट पीडितको मोवाइलमा म्यासेज समेत पठाएको भन्ने समचारहरु आएपछि मलाई रिस उठी सम्पूर्ण समस्याको कारण श्रीमानको मोवाइल ठानी निजले प्रयोग गर्ने मोवाइल मैले खोसेर फाली फुटाइदिएकी थिएँ,’ सीताको बयानमा उल्लेख छ ।

    महराले प्रहरीलाई र सरकारी वकिलको कार्यालयले घटना भएका बेला प्रयोग भएको मोबाइल फोन दिएका थिएनन । उनले घटनापछि आफुले प्रयोग गर्दै आएको मोबाइल फोन फुटेको बताएका थिए ।

    सरकारी वकिलको कार्यालयले तयार पारेर अदालतमा दायर भएको अभियोग पत्रको पेज नम्बर १६ मा महरा पत्नी सीताले दिएको घट्ना विवरण उल्लेख छ । जसमा सीताले उक्त मोवाइल आफुले फुटाएको भएतापनि सुरक्षित साथ राखेको तर पछि कोठा सर्ने बेलामा हराएको बताएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    आज कतिमा हुँदैछ सुनचाँदीको किनबेच

    काठमाडौं, जेठ ६ – नेपाली बजारमा आज मंगलबार सुनको मूल्य स्थिर देखिएको छ भने चाँदीको...

    गोकर्णेश्वर नयाँपाटीमा युवकको हत्या : पाँच जना पक्राउ

    काठमाडौं, जेठ ६ – गोकर्णेश्वर नगरपालिका–२, नयाँपाटीस्थित एक किराना पसलअगाडि भएको भयावह आक्रमणमा परी ३७...

    काठमाडौं उपत्यकामा हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाका लागि जनजागरण यात्रा सुरु हुने

    काठमाडौं, जेठ ६ – हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाका पक्षमा जनआन्दोलनको तयारीमा रहेको राप्रपा नेपालले...

    आजको राशिफल

    आज जेठ ६, २०८२ (मे १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    काठमाडौं मेयर बालेन शाह गणतन्त्र दिवसको मूल समारोह समितिबाट हट्ने सम्भावना, प्रधानमन्त्री ओलीको कडा संकेत

    काठमाडौं, जेठ ५ – गणतन्त्र दिवस २०८२ को मूल समारोहको तयारीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा...