News Portal

सन्दीपजंग शाह लगायतका नेताहरुको विनाशर्त रिहाई गर्न तरुण दलको माग

हिमाली संचार संवाददाता
६२६ पटक

काठमाडौं १५, २०७६ कार्तिक : नेपाल तरुण दलले नेपालगंज उपमहानगरपालीकाका अध्यक्ष सन्दीपजंग शाह लगायतका तरुण नेताहरुलाई राती अराजक शैलीमा प्रहरीले पक्राउ गरेको घटनाको निन्दा गरेको छ।

दलका अध्यक्ष जितजंग बस्नेतले घरायसी छलफलमा बसिरहेका बेला प्रहरीको अराजक भीड आएको र प्रहरीले ल्याएको हतियार नेता शाहको गाडीबाट बरामद गरेको आरोप लगाएको बताउँदै त्यस्तो हर्कत गर्ने भ्रष्ट कम्युनिष्ट सरकारलाई नसच्चिए ठेगान लगाउने चेतावनी दिएका छन्।

काँग्रेस युवा नेता समेत रहेका अध्यक्ष बस्नेतले झुठा मुद्धा लगाउन नेता शाहलाई फसाउन खोज्ने प्रहरीका स्थानीय डीएसपी लगायत षढ्यन्त्रकारी प्रहरीलाई कारबाही गर्दै शाह लगायतका नेताहरुलाई बिनाशर्त रिहाई गर्न ध्यानाकर्षण गराएका छन्।

अध्यक्ष बस्नेतले अध्यक्ष शाहसहित दिनेश कुमारी शाही, राघव शाह, पृतम थापा, माधव नेपाली, यमबहादुर बुढालाई बिना शर्त रिहाई गर्न भन्दै यस्ता कार्यमा लोकतन्त्रबादी तरुणहरुलाई आईन्दादेखी फसाउने कार्य नगर्न भनेका छन्। उनले प्रहरीलाई निष्पक्ष रुपमा अनुसंधान गरी बन्दुक कसरी आएको हो, फिँगर प्रिन्ट जाँच गर्न समेत चुनौती दिएका हुन्।

बिहीबार राती ८ः ३० बजे शाह लगायतका नेताहरु पक्राउ परेपछि अध्यक्ष बस्नेतले विज्ञप्ती निकाल्दै उक्त कुरा बताएका हुन्।

नेपालगंजमा १ महिनाअघि नेकपाका कार्यकर्ताले काँग्रेस जिल्ला सभापति किरण कोईराला लगायतलाई कार्यक्रम स्थलमा प्रवेश गरी आक्रमण गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...