News Portal

उपेन्द्र यादव र योगेश भट्टराईले सम्बोधन गर्ने कार्यक्रममा जनता नै नआएपछि..

हिमाली संचार संवाददाता
६३२ पटक

जनकपुर १४, २०७६ कार्तिक : जनकपुरस्थित तिरहुतिया गाछीमा आयोजित कार्यक्रम निकै रोचक बनेको छ। सङ्घीय सरकार र प्रदेश सरकारले संयुक्त आयोजना गरेको उक्त कार्यक्रममा उपप्रधानमन्त्री र पर्यटनमन्त्रीलाई नै सर्वसाधारणले नपत्याएपछि कार्यक्रम रोचक बनेको हो।

संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय र प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको भिजिट नेपाल २०२० को औपचारिक शुभारम्भ कार्यक्रममा जनता नै नआएपछि कार्यक्रम खल्लो बनेको छ।

बिहीबार जनकपुरस्थित तिरहुतिया गाछीमा आयोजित समारोहमा संघीय सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव प्रमुख अतिथि थिए भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई विशेष अतिथि थिए।

देशकै उच्च पदस्थ व्यक्तिहरू आएको कार्यक्रममा सर्वसाधारण भने आउंदै आएनन। सङ्घीय सरकारमात्र होइन त्यहाँ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सरकारका अन्य मन्त्रीहरु, संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुखहरु लगायत उपस्थित रहेपनि अतिथि, स्वयंसेवक तथा सुरक्षाकर्मी मात्र कार्यक्रममा देखिन्थे।

मैदानमा बिच्छ्याएका खाली कुर्सी मात्र देखिने कार्यक्रम निकै लज्जास्पद देखिएको थियो। कार्यक्रममा धेरैजसो कुर्सी खाली नै थिए। जनता नै नदेखेपछि प्रमुख अतिथि यादवले सम्बोधन गरेर तुरुन्त निस्किए।

उनीपछि मन्त्री योगेश भट्टराईले भने खाली कुर्सीकै अगाडी बोलेका थिए। मुख्यमन्त्री राउतको पनि त्यहि अवस्था भयो। सङ्घीय सरकार र प्रदेश सरकारले संयुक्त आयोजना गरेको कार्यक्रम नै लज्जास्पद देखिन्थ्यो। ईमदरनेपालबाट

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...