News Portal

किशोरी बलात्कार आरोपमा पक्राउ परेका विद्यार्थी नेता राई बर्खास्त

हिमाली संचार संवाददाता
६३५ पटक

काठमाडौँ १३, २०७६ कार्तिक : १८ वर्षीया किशोरी बलात्कार गरेकाे आरोपमा पक्राउ परेका विद्यार्थी नेता इन्द्रहाङ राई बर्खास्तीमा परेका छन्। प्रहरी हिरासतमा रहेका नेकपा निकट अनेरास्ववियूका नेता तथा रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)का स्ववियू सहसचिव राई बर्खास्तीमा परेका हुन्।

आरआर क्याम्पसका स्ववियू अध्यक्ष तपेन्द्र बहादुर शाहीले मंगलबार एक विज्ञप्ति जारी गर्दै राईलाई बर्खास्त गरेका हुन्।राईलाई हिजैको मितिदेखि कारबाही गरी स्ववियुका कुनै पनि गतिविधिमा संलग्न नगराइने निर्णय गरिएको उनले जानकारी गराए।

संगठनको फलामे अनुसानको प्रवाह नगरी यस किसिमको क्रियाकलापमा संलग्न हुने जो कोही भएपनि हदैसम्मको कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

पीडित किशोरीले सोमबार राती प्रहरीलाई सम्पर्क गरी आफूलाई राईले बलात्कार गरेको आरोप लगाएकी थिइन्। त्यसलगत्तै परिचालन भएको प्रहरीले किशोरीलाई राती नै उद्धार गरेको थियो भने आरोपित राईलाई भने आज बिहान ६ बजे पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताए।

प्रहरी प्रवक्ता बोगटीका अनुसार पीडित किशोरीले प्रहरीलाई दिएको प्रारम्भिक बयानको आधारमा राईलाई साेधपुछकाे लागि नियन्त्रणमा लिएका छाैँ। प्रहरीलाई ती किशोरीले राईले गोकर्णेश्वर–६ माकलबारीमा रहेको आफ्नो साथीको कोठामा लगी बलात्कार गरेको बयान दिएकी छन्।

पीडित किशोरीलाई मेडिकल जाँचका लागि पठाइएको प्रहरीले जनाएको छ। अहिले घटनाको प्रारम्भिक अनुसन्धान मात्रै भएकाले यसबारेमा थप केही बताउन नसकिने प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...