News Portal

कांग्रेस महामन्त्री खड्का र नेता खतिवडाद्वारा स्व.भट्टराईको शालिकमा माल्यार्णपन

हिमाली संचार संवाददाता
९३० पटक

ललितपुर ११, २०७६ कार्तिक : सन्तनेता स्व.कृष्णप्रसाद भट्टराईको शालिकमा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का र युवा नेता रामहरि खतिवडाले सोमबार माल्यार्णपन गरेका छन्।

सोमबार बिहान ललितपुर जिल्लाको बाडेगाउँमा रहेको स्व.भट्टराईको आश्रममा पुगेर खड्का र खतिवडाले किशुनजीलाई स्मरण गरेका हुन्।

आश्रममा किसुनजीको पूर्णकदको शालिक छ। शालिकमा माल्यार्णपन गरेपछि महामन्त्री खड्काले स्व.कृष्णप्रसाद भट्टराईको राजनीतिक जीवनबाट कांग्रेसका नेता तथा कार्यकर्ताहरूले शिक्षा लिनुपर्ने बताए।

स्व.कृष्णप्रसाद भट्टराईज्यूको सादाजीवनलाई नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले झन् गहिरो रुपमा अनुसरण गर्नेबेला आएको छ’, उनले भने। ‘देशमा लोकतन्त्रमाथि कम्युनिस्टहरूले प्रहार गरिरहेकाबेला उहाँको आदर्शलाई मनन गर्नुपर्छ।

नेपाली कांग्रेसका युवा नेता खतिवडाले पनि किसुनजीले देखाएको राजनीतिक मार्गलाई कांग्रेसका नेता तथा कार्यकर्ताले अनुसरण गर्न सकियो भने पार्टी बलियो भएर जाने बताए।

स्व.कृष्णप्रसाद भट्टराईको आश्रम सुनसान जस्तै छ। आश्रममा अमिता कपाली बस्दै आएकी छिन्।

केही समय अगाडि आश्रमको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले हटाइदिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...