News Portal

कांग्रेस महामन्त्री खड्का र नेता खतिवडाद्वारा स्व.भट्टराईको शालिकमा माल्यार्णपन

हिमाली संचार संवाददाता
९८५ पटक

ललितपुर ११, २०७६ कार्तिक : सन्तनेता स्व.कृष्णप्रसाद भट्टराईको शालिकमा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का र युवा नेता रामहरि खतिवडाले सोमबार माल्यार्णपन गरेका छन्।

सोमबार बिहान ललितपुर जिल्लाको बाडेगाउँमा रहेको स्व.भट्टराईको आश्रममा पुगेर खड्का र खतिवडाले किशुनजीलाई स्मरण गरेका हुन्।

आश्रममा किसुनजीको पूर्णकदको शालिक छ। शालिकमा माल्यार्णपन गरेपछि महामन्त्री खड्काले स्व.कृष्णप्रसाद भट्टराईको राजनीतिक जीवनबाट कांग्रेसका नेता तथा कार्यकर्ताहरूले शिक्षा लिनुपर्ने बताए।

स्व.कृष्णप्रसाद भट्टराईज्यूको सादाजीवनलाई नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले झन् गहिरो रुपमा अनुसरण गर्नेबेला आएको छ’, उनले भने। ‘देशमा लोकतन्त्रमाथि कम्युनिस्टहरूले प्रहार गरिरहेकाबेला उहाँको आदर्शलाई मनन गर्नुपर्छ।

नेपाली कांग्रेसका युवा नेता खतिवडाले पनि किसुनजीले देखाएको राजनीतिक मार्गलाई कांग्रेसका नेता तथा कार्यकर्ताले अनुसरण गर्न सकियो भने पार्टी बलियो भएर जाने बताए।

स्व.कृष्णप्रसाद भट्टराईको आश्रम सुनसान जस्तै छ। आश्रममा अमिता कपाली बस्दै आएकी छिन्।

केही समय अगाडि आश्रमको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले हटाइदिएको थियो।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...