News Portal

  • नेशनल मेडिकल कलेज : सत्यतथ्य छानबिन गर्न ९ विद्यार्थी संगठनद्वारा माग

    हिमाली संचार संवाददाता
    ४७९ पटक

    काठमाडौं १०, २०७६ कार्तिक : चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुसँग मापदण्ड बिपरित मेडिकल कलेजहरुले शुल्क लिएको भन्दै नेशनल मेडिकल कलेजमा भएको आन्दोलनमा कलेज संचालकले गुन्डा लगाएर आफुहरु माथी कुटपिट गरेको आन्दोलनरत विद्यार्थीहरुले आरोप लगाएपछि घटनाको सत्यतथ्य छानबिन गर्न प्रतिपक्ष दलका ९ विद्यार्थी संगठनहरुले सरकारसँग माग गरेका छन।

    शनिवार एक बिज्ञप्ति जारी गर्दै ९ विद्यार्थी संगठनहरुले घटनाको निष्पक्ष छानबिन गरेर दोषीमाथी कार्वाही गर्न पनि माग गरेका छन।

    बिज्ञप्तिमा नेपाल विद्यार्थी संघको तर्फबाट नेपाल विद्यार्थी संघका पुर्वउपाध्यक्ष ऋषिकेश जंग शाह, अखिल नेपाल विद्यार्थी युनियन अध्यक्ष प्रवीण मिश्र, अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी, अनेरास्ववियु पाँचौका अध्यक्ष घनश्याम मिश्र, समाजबादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायन श्रेष्ठ, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष चिरञ्जीवी यादव, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल र राष्ट्रवादी विद्यार्थी संघका संयोजक अनुप लामिछानेको हस्ताक्षर रहेको छ।

    नौ विद्यार्थी संगठनको सयुक्त प्रेस बिज्ञप्तिमा अवैधानिक रुपमा विद्यार्थीसँग लिएको शुल्क तत्काल ब्याजसहित विद्यार्थी फिर्ता गर्न कलेज संचालकहरुलाई आग्रह गरिएको छ।

    केही दिन अघि निजि कलेज संचालक, सरकार र बिश्वविद्यालयका उपकुलपतिको मिलेमतोमा भएको विद्यार्थी मारा कदम प्रती गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरिएको छ।

    नेपाल सरकारको निति नियमको परिधिभित्र रहि मेडिकल कलेज संचालन गर्न नसक्ने भए ॠण र चुक्ता पुँजीको मुल्यांकन गरि देशभरीका मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गर्न पनि माग गरीएको छ।

    यस्तो बिज्ञप्ती:

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...