News Portal

सिटि अफ ड्रिम मकाउमा कार्यरत नेपालीले गरे मृतक तिमल्सिनाको परीवारलाई २ लाख सहयोग

हिमाली संचार संवाददाता
१०७५ पटक

कर्ण अधिकारी
मकाउ – ७ बर्ष देखि मकाउ ग्यालेक्सी कम्पनीमा कार्यरत रहनु भएका स्थायी घर पर्वत र हाल परीवारको बसोबास काठमाण्डौमा भएका बर्ष ४७ को खिम नारायण तिमल्सिनाको ड्युटीका क्रममा मिति २०१८/७/२१ तारीखका दिन बिहान ९ बजे प्रेसर र इन्टरनल ब्लिडिङका कारण असामयिक निधन भएकोमा उहाँको निधन प्रति सिटि अफ ड्रिम क्यासिनो र स्टुडियो सिटि क्यासिनोमा कार्यरत नेपाली सेक्युरीटी परीवारले दु:ख ब्यक्त गर्दै मृतकका परीवारलाई केहि आर्थिक सहयोग गरौ भन्ने उदेश्य राखेर गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउले पठाएको पत्रलाई आधार मान्दै सिटि अफ ड्रिम क्यासिनो र स्टुडियो सिटी क्यासिनो कार्यरत रहेका नेपालीहरू बाट रकम संकलन गरेर सिटि अफ ड्रिमको तर्फबाट मोप ८०२७ अर्थात नेरू.१ लाख १० हजार ४२५ रूपैया र स्टुडियो सिटी क्यासिनोबाट मोप ७२५० र ५ सय एच केडी अर्थात ने रू १ लाख ६ हजार ८ सय ४५ रूपैया गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय आईसीसी सदस्य मुकेश बरूवाल र गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउका उपाध्यक्ष मंगल राईलाई गैर आबासीय नेपाली संघ एशिया प्यासेफिकका आर्थिक स्थायीत्व समितिका सह संयोजक अम्बिर जोशी र स्टुडियो सिटी क्यासिनोमा कार्यरत समाजसेवी एवं खेलाडी शंकर धमलाले हस्तान्तरण गरेका थिए।

बिगतका देखि नै सिटीअफ ड्रिम र स्टुडियो सिटी क्यासिनोमा कार्यरत रहेका नेपालीहरूले स्वदेश तथा बिदेशमा रहेका नेपालीहरूलाई दु:ख पर्दा सहयोग गर्दै आएको छ।भूकम्प पीडित,पहिरो पिडित देखि मकाउमा मृत्यू भएका नेपालीहरूको परीबारलाई आर्थिक सहयोग गर्दै आएको छ।यस्ता समस्या परेका नेपालीहरूलाई सहयोग गर्नु हाम्रो कर्तब्य र धर्म भन्छन सिटि अफ ड्रिम क्यासिनोमा कार्यरत अम्बिर जोशी र शंकर धमला।आउदा दिनहरूमा पनि यसरी नै सहयोग गर्ने प्रतिबद्धता जाहेर समेत गरेका छन।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...