आज : २०२६-०७-११, शनिबार

अध्याँरोमा निराश…[गजल]

थोरै मुस्कान थोरै तड़पन् यस्तै हुन्छ पिरतीमा
सोचे जति सबै कुरा कहाँ मिल्छ जिन्दगीमा

सम्हालेर राख्नुपर्छ मन भित्रको उथलपुथल
धैर्यताको झण्डा बोकौँ यति भने छोटकरीमा

केहि पलको अध्याँरोमा निराश हुनुहुन्न साथी
जीवन भरको हाँसो खुशी समेट्नुछ अञ्जलीमा

जिन्दगीको भोगाईमा कति हुन्छन यस्ता घट्ना
नसोचेका धेरै कुरा आउँछन् हाम्रा सपनीमा

चर्खा जस्तै जीवन हाम्रो दुखसुख जिउने साथि
दौलत जस्तो लिन दिन कहाँ हुन्छ सापटीमा।।

सावित्रा लुइँटेल घिमिरे
बिर्तामोड, झापा
हाल : इजरायल