News Portal

  • आलाममाथि राजनीतिक प्रतिशोध, हराउन नसकेपछि हत्याको आरोप

    हिमाली संचार संवाददाता
    ३७७ पटक

    कार्तिक ६, २०७६ काठमाडौं : नरसंहार जस्तो गम्भीर अपराधको आरोप लागेका रौतहट क्षेत्र नम्बर २ का सांसद मोहम्मद अफताब आलम यतिबेला प्रहरी नियन्त्रणमा छन्। प्रहरीले अनुसन्धान जारी राखेको छ र ५ दिनको म्याद थप गरेर मुद्धा चलाउन प्रमाण जुटाइरहेको छ।

    १२ वर्षअघि भएको भनिएको घटनासंग जोडिएका पात्रहरु विभिन्न सञ्चारमाध्यम मार्फत प्रकट भइरहेका छन्। जिल्ला सरकारी वकिलको कार्यालय रौतहट र महान्यायाधिवक्ताको कार्यलयबाट तत्कालीन समयमै अनुसन्धान भई मुद्धा चलाउनुपर्ने कुनै कारण नदेखिएको ठहर भइसकेको मुद्धा १२ वर्षपछि ब्यूतनुको कारणमा धेरैको चासो बढेको छ।

    आलममाथि लगाइएको आरोप अनुसार संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ साल चैत २७ गते बम बनाइरहेको स्थानमा विस्फोट हुँदा घाइते भएकाहरुलाई अस्पताल लैजाने भनि नजिकैको इट्टा भट्टामा जिउँदै जलाएर मारिएको थियो।

    यो अभियोग विगतकै अनुसन्धानबाट पुष्टी हुन नसकेको अभियोग हो। अनुसन्धान १२ वर्षपछि ब्यूतनु स्वभाविकै भएपनि शंका गर्नुपर्ने आधार भने धेरै छन्।

    खासगरी रोशनी शाहीलाई उनकै डेरामा बलात्कार प्रयास गरेको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराको पद गुम्ने, पक्राउ पर्न र नेपाल कम्युनिष्ट पार्टीप्रति जनतामा नकरात्मक सन्देश प्रवाह भएको बेलामा १२ वर्ष पुरानो घटनालाई चर्चामा ल्याइएको छ।

    “देशभर वामगठबन्धनको शक्ति बढ्दा पनि आलम रौतहटबाट निर्वाचित भएका थिए। आलमकै प्रभावका कारण लामो समय रौतहटबाट राजनीति गरेका नेकपा नेता माधव नेपाल काठमाडौं २ लाई स्थायी क्षेत्र बनाउन बाध्य भए।”

    अपराधको निष्पक्ष अनुसन्धान भन्दा महरा प्रकरणमा नेकपाले व्यहारेको क्षतिको पूर्ति गराउन आलम पक्राउ परेको बुझ्न सकिन्छ। सर्वोच्च अदालतले २०६९ साल जेठ १६ गते घटनाको पुनः अनुसन्धान गरी आवश्यक भए मुद्धा चलाउन निर्देशन दिएको थियो।

    फैसला कार्यान्वयन ईकाईले प्रहरीलाई अवगत गराएको ६ वर्षपछि मात्रै प्रहरीले आलमलाई पक्राउ गर्यो। अहिलेपनि आलमविरुद्ध प्रहरीले बलियो प्रमाण प्राप्त गरिसकेको छैन। तसर्थ यो घटनामा बलियो प्रमाण जुटाउने चुनौती प्रहरीमा अझैं विद्यमान छ।

    सर्वोच्चको आदेशको ६ वर्षसम्म पनि किन प्रहरीले कुनै कदम चालेन भन्ने प्रश्न अझैं जिवित छ। त्रिलोकप्रताप सिंह उर्फ पिन्टु र वसी अख्तर परिवारको सम्पर्कमा नआएको १२ वर्ष बितिसकेको छ।

    विभिन्न अपराधिक काममा सक्रिय पिन्टु नेपाल प्रहरीको रेकर्डमा अझैं फरार अभियुक्तको रुपमा रहेका छन्। फरार रहेका अभियुक्तको हत्या आरोप भने आलममाथि लागेको छ।

    सञ्चारमाध्यमहरु मार्फत सार्वजनिक आरोपमा २३ जनालाई जिउँदै मारेको सम्मका आरोप रहेका छन्। जबकी हालसम्म पिन्टु र वसी अख्तर बाहेकका मृतकको पहिचान भएको छैन। उनीहरुका अभिभावक पनि सम्पर्कमा छैनन्।

    कतिपयले उनीहरु भारतीय नागरिक भएकाले पहिचान नभएको बताउँछन्। यद्यपि नेपालमा आफ्ना नागरिकहरु मारिएको भए भारत शान्त रहने थिएन। मारिएका भनिएका भारतीय नागरिकका परिवारले आजसम्म न्यायका लागि पहल गरेको भेटिएको छैन।

    आलममाथि राजनीतिक प्रतिशोध

    कांग्रेस नेता मोहम्मद अफताब आलम रौतहटबाट बारम्बार निर्वाचित भएका छन्। रौतहटमा आलमको उपस्थिति विपक्षी पार्टीका लागि सधै टाउको दुखाईको विषय हुदै आएको छ।

    पूर्वी तराईभर बलियो पकड बनाएका आलमलाई राजनीतिक रुपमा सिध्याउन विगतदेखि नै प्रयास नभएको होइन। देशभर वामगठबन्धनको शक्ति बढ्दा पनि आलम रौतहटबाट निर्वाचित भएका थिए।

    आलमकै प्रभावका कारण लामो समय रौतहटबाट राजनीति गरेका नेकपा नेता माधव नेपाल काठमाडौं २ लाई स्थायी क्षेत्र बनाउन बाध्य भए।

    आलममाथिको आरोपलाई सत्य सावित गराउन अहिले आलमसंग निर्वाचन हारेका नेकपा नेताले नै प्रत्यक्षदर्शी हु भन्दै बयान दिदैं हिडेका छन्।

    जबकी यस घटनाबारे बारम्बार अवगत हुदा पनि रौतहटबाटै राजनीति गरेका माधव नेपालले आलमलाई आफ्नो सरकारमा श्रममन्त्री बनाएका थिए।

    आलमको परिवारका सदस्य उनको पक्राउ प्रकरणलाई राजनीतिक दाउपेचको रुपमा लिन्छन्। ‘विरोधीहरुको साख घट्दै गएको थियो र सभामुख काण्डले नेकपालाई रक्षात्मक बनाएको थियो।

    यहीबीचमा सुनियोजित ढंगले पुरानो असफल मुद्धा ब्यूताएर पक्राउ गरिएको छ। यो स्टन्ट मात्रै हो। निष्पक्ष छानबिन हुनेमा शंका छ आलमको परिवारका एक सदस्यले भनेको अर्थपूर्णमा समाचार छ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    आज २०८२ साल असार ७ गतेको राशिफल

    आज असार ७, २०८२ (जुन २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    संसदको गतिबिधिले जनतामा छाएको निरासा – कमला थापा

    २०८२असार ६ गते शुक्रबार संसदमा अहिले आर्थिक बजेट ०८२/८३ माथि छलफल सुरु भैरहेको छ। साथै...

    तीन दलको बैठकमा सत्य निरूपण आयोगको कार्यालय सार्ने निर्णय, अनावश्यक भाडा खर्चप्रति असन्तोष

    काठमाडौं, असार ६ – संक्रमणकालीन न्याय प्रक्रियामा सक्रिय सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यालय अहिले...

    भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपा एकै धारमा, संसद् बहिष्कार गर्दै दबाव बढाउँदै

    काठमाडौं, असार ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि आ-आफ्नै शैलीमा विरोध गर्दै आएका...

    बेल्जियमस्थित नेपाली दूतावासमा अन्तरक्रिया

    ब्रसेल्स। ब्रसेल्सस्थित नेपाली दूतावासले बेल्जियममा सक्रिय नेपाली संघसंस्था एवम् समाजका अगुवाहरुसंग अन्तरक्रिया गरेको छ। बेनेलक्स...