News Portal

विवेकशील नेपाली दलको राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पाण्डे

हिमाली संचार संवाददाता
४६५ पटक

कार्तिक ६, २०७६ काठमाडौं : विवेकशील नेपाली दलको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। असोज २८ गतेदेखि सुरु भएको राष्ट्रिय सम्मेलन प्रदेश २ को राजधानी जनकपुरमा मंगलबार सम्पन्न भएको हो।

गत असारमा रोल्पामा नीति सम्मेलन गरेको विवेकशील नेपाली दलले यसपटक जनकपुरबाट राष्ट्रिय सम्मेलन गर्दै नेतृत्व चयन गरेको हो। विवेकशील नेपाली दलले आफ्नो पदाधिकारीमा कम्तीमा ५० प्रतिशत महिला नेतृत्व सुरक्षित गरेको छ।

१८ वर्षदेखि २१ वर्षसम्मको दुई युवालाई केन्द्रीय कमिटीमा सम्मिलित गर्नैपर्ने व्यवस्था गरेको छ। साथै, यसपालि विवेकशील नेपाली दलले दुईवटा अर्को अभ्यास पनि गर्‍यो।

विवेकशील नेपालीले राष्ट्रिय राजनीतिमा पनि विदेशमा रहेका नेपालीले भोट हाल्न पाउनुपर्ने मुद्दा उठाइरहेको छ, त्यसमा विवेकशील नेपालीले आन्तरिक अभ्यास गरेर नयाँ आरम्भ गरेको छ।

विवेकशील नेपाली दलले संघीय समितिको निर्वाचनमा अध्यक्षमा मिलन पाण्डे, उपाध्यक्षमा अजीता राई, महासचिवमा निर्देश सिलवाल, कोषाध्यक्षमा सुमित्रा गुरुङ, नीति सचिवमा सञ्जीव भट्टराई अनि व्यवस्थापन सचिवमा संगीता बाटाजु निर्वाचित गरेको छ।

संघीय समिति सदस्यमा आलोक सुवेदी, आशुतोष प्रधान, महेश पाठक, जेसन वैद्य, सचेन घले, प्रमेश श्रेष्ठ, आशिष राई, कृष्ण भट्टराई, शिशिर राई, शिशिर बंजारा निर्वाचित भएका छन्।

समिति सदस्य महिलामा रजिया बानु, प्रतिभा डङ्गोल र सरला लामिछाने निर्वाचित भएका छन्। संघीय सदस्य (आदिवासी-जनजाति) मा छिरिङ तामाङ, संघीय सदस्य (मुस्लिम समुदाय) जमाल अलि, संघीय सदस्य (युवा समूह) मनिश खनाल निर्वाचित भएका छन्।

प्रतिकृया दिनुहोस्

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...