News Portal

कांग्रेस सिम्ता गाउँपालिकाको दिपावली विशेष कार्यक्रम सम्पन्न, नेकपाका ४ कार्यकर्ताले गरे कांग्रेस प्रवेश

कमल सिंह ठकुरी
१६०० पटक

कार्तिक २, २०७६ सुर्खेत : नेपाल शिक्षक संघ सिम्ता गाउँपालिका र नेपाल विद्यार्थी संघ सिम्ता गाउँपालिकाको आयोजनामा दिपावली, छटपर्व विशेष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस सुर्खेतका उपसभापति टेक बहादुर सिंह, केन्द्रिय शिक्षक प्रतिनिधि भक्त बहादुर पोखरेल, नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य भिम बहादुर मल्ल र सहसचीव मोहन राना, नेपाली कांग्रेस सिम्ता गाउँपालिकाका सभापति राजेन्द्र सिंह, वडा नम्बर ४ बजेडिचौरका सभापति असोक केसि, वडा नम्बर २ काफलकोटका सभापति हरि बहादुर सिंह लगायतले मन्तव्य राखेका थिए।

त्यस्तैगरी उक्त कार्यक्रममा नेकपा परित्याग गरि गंगा बिक, लाली राना, शुशिला परियार र धर्म राना गरि ४ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका छन। नेपाल विद्यार्थी संघका नेता बिकि बादी र नेपाल महिला संघ सिम्ता गाउँपालिकाकि सदस्य बालकुमारी शर्माको सक्रियतामा नेपाली कांग्रेस प्रवेश गरेका हुन।

नवप्रवेशी पाचै जनालाई कार्यक्रमका प्रमुख अतिथि तथा सुर्खेत जिल्ला उपसभापती टेक बहादुर सिंह, क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य भिम बहादुर मल्ल र सहसचिव मोहन रानाले नेपाली कांग्रेस पार्टीमा स्वागत गरेको वडा नम्बर ७ काप्रीचौरका तरुणदल अध्यक्ष गंगाराम सापकोटाले जानकारी दिए।

बिकि बादिले संचालन गरेको कार्यक्रम शिक्षक संघ सिम्ता गाउँपालिकाका अध्यक्ष कर्ण राणाको सभापतित्वमा सम्पन्न भएको थियोे।

चार (४) जना हुनुपर्नेमा अन्यथा भएकोमा क्षमा याचना गर्दछौ। – सम्पादक

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...