आज : २०२६-०७-११, शनिबार

कर छलि तथा मानव तस्करीको आरोपमा कुमार पन्तमाथी जर्मन प्रहरीको निगरानी

अशोज २८, २०७६ काठमाडौं : गैरआवासीय नेपाली संघको नवौं महाधिवेशनमा अध्यक्ष पदका उम्मेद्धार कुमार पन्तमाथी जर्मन प्रहरीले निगरानी गरिरहेको रहस्य खुलेको छ।

उनिमाथी कर छलि तथा मानव तस्करीको आरोपमा निगरानी बढेकाले कुनै पनि बेला पक्राउ पर्न सक्ने सुचना जर्मनबाट मिडीयाडबलीलाइ प्राप्त भएको हो।

गैरआवासीय नेपाली संघका आइसीसी सदस्य छत्र श्रेष्ठलाइ जर्मन प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेपछि कुमार पन्तमाथी समेत प्रहरीले निगरानी बढाएको हो।

श्रेष्ठले एनआरएनएका केहि उच्च अधिकारीको मिलेमतोतमा करिब एक हजार नेपालीलाइ गैरकानुनी रुपमा जर्मन हुदै स्पेन पोर्तुगल तथा इटाली लगायतका युरोपीयन मुलुकमा पुर्‍याएको खुलेपछि केहि महिना पहिले जर्मन प्रहरीले श्रेष्ठलाइ पक्राउ गरेको थियो।

यो मानब तस्करीमा एनआरएनएका अध्यक्ष उम्मेद्धार कुमार पन्तको समेत संलग्नता रहेकाले उनि कुनैपनि बेला जर्मनबाट पक्राउ पर्न सक्ने उनि निकट स्रोतले बताएको छ।

जर्मनी लगायत युरोपीयन मुलुकका होटल ब्याबसाय संन्चालन गरेका पन्तले मोरोक्कोइन महिलासंग नक्कली विबाह गरि जर्मनको स्थायी बासिन्दा बनेका थिए।

पन्त पक्षका १२ जना प्रतिनिधिहरु चुनाब भाड्न हिजो मात्र अदालत गएका थिए। प्रतिनिधि छनोट मिलेन भन्दै आफु हार्ने भएपछी उनीहरु अदालत गएको बताइएको छ।

पन्तको फ्राङफट जर्मनीमा होटेल ब्यबसाय छ। एभरेष्ट होटलका संचालक समेत रहेका पन्तले होटल ब्याबसायबाटै अकुत सम्पती समेत कमाइसकेका छन्। उनले संन्चालन गरेको होटल ब्याबसाय समेत कर छलिको कारण कुनै बेला फस्न सक्ने बताइएको छ।

पन्तले नेपालमा अहिलेसम्म कुनै पनि सामाजिक सहयोग र जर्मनीमा बसेका नेपाली विद्यार्थीहरुलाई पनि वास्था नगरेको गम्भीर आरोप लागेको छ।