News Portal

  • समाजसेवी लुईटेलले बृद्धबृद्धाको सम्मानमा बिताए दशै

    हिमाली संचार संवाददाता
    ५४२ पटक

    काठमाडौं : सामाजिक काम गरेर आफूलाई अगाडी बढाउदै लैजानुभएका मोरङ कानेपोखरीका समाजसेवी देबेन्द्र लुईटेलले फरक तरिकाले दशैं मनाउनुभएको छ। आफ्नो घर परिवारमा त छदै छ तर उहाँ गाउँका जेष्ठ नागरिकको घरघरमा आशिष लिनुभयो। अनि गर्नुभयो उहाँहरुलाई दोसल्ला ओडाएर सम्मान।बुवाहरुलाई ढाका टोेपी ।

    कानेपोखरीका विभिन्न वडाका अति जेष्ठ नागरिककोमा पुगेर खुशी साटेको लुईटेलले बताउनुभयो। गाउँमा आउँदा सामाजिक काम नै गरेर अघि बढ्ने लुईटेल दशैमा पनि गाउँकै अग्रजहरुको सल्लाहा र आर्शिवादले मार्गदर्शकको भूमिका खेल्ने बताउनुहुन्छ। कोशेली फलफूल र गलामा दोसल्लाले सम्मानित हुँदा वयोबृद्धहरु निक्कै खुशी देखिन्थीए।

    समाजसेवी लुईटेल कानेपोखरी १ निवासी ६९ बर्षीया देव कुमारी आलेमगर, वडा २ का ७७ बर्षीय देव नारायण चौलागाई बडा नं ३ का ९४ बर्षीय खड्ग बहादुर कटुवाल,वडा ४ का ९७ बर्षीय रण बहादुर बस्नेत वडा नम्बर ५ की ७२ बर्षीया रेम्ति धिमाल र वडा नम्बर ६ की ९८ बर्षीया कमला थापा र वडा नम्बर ७ मा ९५ बर्षीया हरिमाया सापकोटाकोमा टिका लगाउन पुग्नुभएको थियो।

    आफ्नै छोरो झै लागेको प्रतिक्रिया उहाँहरुले दिनुभएको थियो। कांग्रेसी विकासप्रेमी नेता समेत रहेका लुईटेलसँगै उहाँको धर्मपत्नी रोशना निरौला लुईटेल पनि टिका लगाउन सरिक हुनुहुन्थियो ।टिका तथा अशिर्वाद ग्रहण गर्ने ठाउँमा स्थानीयको उल्लेखनीय उपस्थिति थियो।

    उहाँ सगै समाजका सम्मानित व्यक्तित्वहरु राम मगर, बम बहादुर पौडेल, खगेन्द्र बस्नेत, सिब पन्थि, नेत्र थापा, नगेन्द्र भट्टराई, कोपिला कार्कि, कमला योन्जन, शंकर तामाङ, ओम भट्टराई, टिका थापा, डम्बरबहादुर बुडाथोकि, पम्फा धिमाल, चन्द्रि देबि धिमाल, मान बहादुर चैहान, खगेस्वर खतिवडा उपस्थिति थियो।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    संसदको गतिबिधिले जनतामा छाएको निरासा – कमला थापा

    २०८२असार ६ गते शुक्रबार संसदमा अहिले आर्थिक बजेट ०८२/८३ माथि छलफल सुरु भैरहेको छ। साथै...

    तीन दलको बैठकमा सत्य निरूपण आयोगको कार्यालय सार्ने निर्णय, अनावश्यक भाडा खर्चप्रति असन्तोष

    काठमाडौं, असार ६ – संक्रमणकालीन न्याय प्रक्रियामा सक्रिय सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यालय अहिले...

    भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपा एकै धारमा, संसद् बहिष्कार गर्दै दबाव बढाउँदै

    काठमाडौं, असार ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि आ-आफ्नै शैलीमा विरोध गर्दै आएका...

    बेल्जियमस्थित नेपाली दूतावासमा अन्तरक्रिया

    ब्रसेल्स। ब्रसेल्सस्थित नेपाली दूतावासले बेल्जियममा सक्रिय नेपाली संघसंस्था एवम् समाजका अगुवाहरुसंग अन्तरक्रिया गरेको छ। बेनेलक्स...

    सर्वोच्चले एनआरएनए विवादबारे सुनाएको पुनरावलोकनको निस्साको अर्थ के हो ?

    ‘फैसला अनुसार काम सम्पन्न भइसक्यो’ काठमाडौं, असार ६ — सर्वोच्च अदालतको पूर्ण इजलासले गैरआवासीय नेपाली...