News Portal

समाजसेवी लुईटेलले बृद्धबृद्धाको सम्मानमा बिताए दशै

हिमाली संचार संवाददाता
६५० पटक

काठमाडौं : सामाजिक काम गरेर आफूलाई अगाडी बढाउदै लैजानुभएका मोरङ कानेपोखरीका समाजसेवी देबेन्द्र लुईटेलले फरक तरिकाले दशैं मनाउनुभएको छ। आफ्नो घर परिवारमा त छदै छ तर उहाँ गाउँका जेष्ठ नागरिकको घरघरमा आशिष लिनुभयो। अनि गर्नुभयो उहाँहरुलाई दोसल्ला ओडाएर सम्मान।बुवाहरुलाई ढाका टोेपी ।

कानेपोखरीका विभिन्न वडाका अति जेष्ठ नागरिककोमा पुगेर खुशी साटेको लुईटेलले बताउनुभयो। गाउँमा आउँदा सामाजिक काम नै गरेर अघि बढ्ने लुईटेल दशैमा पनि गाउँकै अग्रजहरुको सल्लाहा र आर्शिवादले मार्गदर्शकको भूमिका खेल्ने बताउनुहुन्छ। कोशेली फलफूल र गलामा दोसल्लाले सम्मानित हुँदा वयोबृद्धहरु निक्कै खुशी देखिन्थीए।

समाजसेवी लुईटेल कानेपोखरी १ निवासी ६९ बर्षीया देव कुमारी आलेमगर, वडा २ का ७७ बर्षीय देव नारायण चौलागाई बडा नं ३ का ९४ बर्षीय खड्ग बहादुर कटुवाल,वडा ४ का ९७ बर्षीय रण बहादुर बस्नेत वडा नम्बर ५ की ७२ बर्षीया रेम्ति धिमाल र वडा नम्बर ६ की ९८ बर्षीया कमला थापा र वडा नम्बर ७ मा ९५ बर्षीया हरिमाया सापकोटाकोमा टिका लगाउन पुग्नुभएको थियो।

आफ्नै छोरो झै लागेको प्रतिक्रिया उहाँहरुले दिनुभएको थियो। कांग्रेसी विकासप्रेमी नेता समेत रहेका लुईटेलसँगै उहाँको धर्मपत्नी रोशना निरौला लुईटेल पनि टिका लगाउन सरिक हुनुहुन्थियो ।टिका तथा अशिर्वाद ग्रहण गर्ने ठाउँमा स्थानीयको उल्लेखनीय उपस्थिति थियो।

उहाँ सगै समाजका सम्मानित व्यक्तित्वहरु राम मगर, बम बहादुर पौडेल, खगेन्द्र बस्नेत, सिब पन्थि, नेत्र थापा, नगेन्द्र भट्टराई, कोपिला कार्कि, कमला योन्जन, शंकर तामाङ, ओम भट्टराई, टिका थापा, डम्बरबहादुर बुडाथोकि, पम्फा धिमाल, चन्द्रि देबि धिमाल, मान बहादुर चैहान, खगेस्वर खतिवडा उपस्थिति थियो।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...