News Portal

  • चिनिया राष्ट्रपति आज काठमाडौं ओर्लदै

    हिमाली संचार संवाददाता
    ४१६ पटक

    २५ असोज २०७६, काठमाडौं : चिनिया राष्टपति सी जिनपिङको दुई दिवसीय राजकीय भ्रमणको नेपाल सरकारले उच्चस्तरीय सुरक्षा प्रबन्ध गरेको छ। नेपाल सरकारले अति विशिष्ट कार्यविधि २०७० अनुसार नेपाल सरकारका चारवटै सुरक्षा निकायको समन्वयमा उच्चस्त सुरक्षा व्यवस्था गरेको हो।

    आवश्यक सुरक्षाको तयारी पुरा गरी त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलदेखि राष्टपतिको कार्यलय सी जिनपिङ बस्ने होटलसम्मको आवश्यक सुरक्षा व्यवस्था गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

    राष्ट्रपति विधादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ असोज २५ र २६ गत्ते नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्न लागेको हो।

    उनको सुरक्षाका लागि काठमाण्डौका जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रीय अनुसंधान विभाग र नेपाली सेना सहभागी सुरक्षा समन्वय समितिले आन्तरिक सुरक्षाको जिम्मा लिएको छ। नेपाली सेनाका बलाधिकृत रथीको नेतृत्वमा समिति वनाएर सुरक्षाको प्रबन्ध मिलाएको छ।

    काठमाडौं प्रमुख जिल्ला अधिकारी दाहालले तोकिएको मापदण्ड र सिद्धान्त अनुसारको सुरक्षा व्यवस्था गर्दै थप ललितपुर र भक्तपुरका सुरक्षा निकाय संग समेत समन्वय गरेको छ। नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीका अनुसार अन्तरराष्ट्रीय विशिष्ट ब्यक्तिको भ्रमण हुदा अपनाउने आवश्यक सुरक्षा सबै अवलम्बन गर्ने जानकारी दिएका छन्।

    भ्रमणका क्रममा चिनिया राष्टपति सी सहितको टोलीले प्रधानमन्त्री केपी ओलीसंग प्रतिनिधिमण्डल स्तरमा औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ।

    २३ बर्ष पछिको यो भ्रमण राष्ट्रपति सी सवार हुने सडकहरु नयाँ कालोपत्रे सहित चिल्लो बनाइएको छ भने विभिन्न स्थानहरुमा प्राकृतिक सुन्दरताको झकिझकाउ, स्वार्गद्वार, सडक पुनः निर्माण, आकर्षक पार्क र बगैचाहरु सिगारिएका छन् साथै कला संस्कृति सहितको ब्यानर राखिएको छ। राष्ट्रपति सीलाई नागरिक स्तरबाट समेत भव्य स्वागतको तयारी समेत रहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...