News Portal

चिनिया राष्ट्रपति आज काठमाडौं ओर्लदै

हिमाली संचार संवाददाता
४७७ पटक

२५ असोज २०७६, काठमाडौं : चिनिया राष्टपति सी जिनपिङको दुई दिवसीय राजकीय भ्रमणको नेपाल सरकारले उच्चस्तरीय सुरक्षा प्रबन्ध गरेको छ। नेपाल सरकारले अति विशिष्ट कार्यविधि २०७० अनुसार नेपाल सरकारका चारवटै सुरक्षा निकायको समन्वयमा उच्चस्त सुरक्षा व्यवस्था गरेको हो।

आवश्यक सुरक्षाको तयारी पुरा गरी त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलदेखि राष्टपतिको कार्यलय सी जिनपिङ बस्ने होटलसम्मको आवश्यक सुरक्षा व्यवस्था गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

राष्ट्रपति विधादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ असोज २५ र २६ गत्ते नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्न लागेको हो।

उनको सुरक्षाका लागि काठमाण्डौका जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रीय अनुसंधान विभाग र नेपाली सेना सहभागी सुरक्षा समन्वय समितिले आन्तरिक सुरक्षाको जिम्मा लिएको छ। नेपाली सेनाका बलाधिकृत रथीको नेतृत्वमा समिति वनाएर सुरक्षाको प्रबन्ध मिलाएको छ।

काठमाडौं प्रमुख जिल्ला अधिकारी दाहालले तोकिएको मापदण्ड र सिद्धान्त अनुसारको सुरक्षा व्यवस्था गर्दै थप ललितपुर र भक्तपुरका सुरक्षा निकाय संग समेत समन्वय गरेको छ। नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीका अनुसार अन्तरराष्ट्रीय विशिष्ट ब्यक्तिको भ्रमण हुदा अपनाउने आवश्यक सुरक्षा सबै अवलम्बन गर्ने जानकारी दिएका छन्।

भ्रमणका क्रममा चिनिया राष्टपति सी सहितको टोलीले प्रधानमन्त्री केपी ओलीसंग प्रतिनिधिमण्डल स्तरमा औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ।

२३ बर्ष पछिको यो भ्रमण राष्ट्रपति सी सवार हुने सडकहरु नयाँ कालोपत्रे सहित चिल्लो बनाइएको छ भने विभिन्न स्थानहरुमा प्राकृतिक सुन्दरताको झकिझकाउ, स्वार्गद्वार, सडक पुनः निर्माण, आकर्षक पार्क र बगैचाहरु सिगारिएका छन् साथै कला संस्कृति सहितको ब्यानर राखिएको छ। राष्ट्रपति सीलाई नागरिक स्तरबाट समेत भव्य स्वागतको तयारी समेत रहेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...