News Portal

तमु प्रथम अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु, पूर्वराष्ट्रपतिद्वारा उद्घाटन

हिमाली संचार संवाददाता
४९५ पटक

२५ असोज २०७६ काठमाडौं : तमु (गुरुङ)हरुको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारबाट काठमाडौँमा सुरु भएको छ।

‘विश्वजभरका तमु एकजुट होऔँ, सम्पूर्ण तमुको आह्वान : एकता, अस्तित्व र पहिचानका लागि प्रथम अन्तर्राष्ट्रिय सम्मेलन’ नाराका साथ दुई दिने सम्मेलनको शुक्रबार पूर्वराष्ट्रपति डा.रामवरण यादवले उद्घाटन गर्नुभयो।

सम्मेलनमा पूर्वराष्ट्रपति यादवले तमु जाति आदिवासी जनजातिभित्र अग्रपंक्तिमा रहेको बताउँदै संसारमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल रहेको बताउनुभयो।

‘प्रकृतिको पूजा गर्दै, आफ्नो भाषा, संस्कृति पनि जोगाउँदै संसारमा आफ्नो पहिचान तमु समुदायले बनाएको छ। ’ पूर्वराष्ट्रपति यादवले भन्नुभयो।

गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा व्यवसायी शेष घलेले तमुहरू एकताबद्ध भएर समृद्धिको यात्रा गर्नुपर्ने बताउनुभयो।

संख्यामा भन्दा गुणका हिसावले तमु समुदाय देश तथा विदेशमा प्रभावशाली उपस्थिति रहेको र यसको निरन्तरताका लागि संसारभरका गुरुङहरू एकतामा बाँधिन आवश्यक रहेको उहाँको भनाइ छ।

शुक्रबार र शनिबार हुने सम्मेलनमा ३७ देशका ७ सय प्रतिनिधिको सहभागी रहेको तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले बताउनुभयो।

सम्मेलनमा तमुको एकता, तमुको अस्तित्व, तमुको पहिचान र समृद्धि शीर्षकका सेसनहरूमा छलफल गरिने बताइएको छ।

आज शनिबार ती विषयमा एक मत बनाएर घोषणापत्र जारी गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...