News Portal

तमु प्रथम अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु, पूर्वराष्ट्रपतिद्वारा उद्घाटन

हिमाली संचार संवाददाता
५१७ पटक

२५ असोज २०७६ काठमाडौं : तमु (गुरुङ)हरुको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारबाट काठमाडौँमा सुरु भएको छ।

‘विश्वजभरका तमु एकजुट होऔँ, सम्पूर्ण तमुको आह्वान : एकता, अस्तित्व र पहिचानका लागि प्रथम अन्तर्राष्ट्रिय सम्मेलन’ नाराका साथ दुई दिने सम्मेलनको शुक्रबार पूर्वराष्ट्रपति डा.रामवरण यादवले उद्घाटन गर्नुभयो।

सम्मेलनमा पूर्वराष्ट्रपति यादवले तमु जाति आदिवासी जनजातिभित्र अग्रपंक्तिमा रहेको बताउँदै संसारमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल रहेको बताउनुभयो।

‘प्रकृतिको पूजा गर्दै, आफ्नो भाषा, संस्कृति पनि जोगाउँदै संसारमा आफ्नो पहिचान तमु समुदायले बनाएको छ। ’ पूर्वराष्ट्रपति यादवले भन्नुभयो।

गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा व्यवसायी शेष घलेले तमुहरू एकताबद्ध भएर समृद्धिको यात्रा गर्नुपर्ने बताउनुभयो।

संख्यामा भन्दा गुणका हिसावले तमु समुदाय देश तथा विदेशमा प्रभावशाली उपस्थिति रहेको र यसको निरन्तरताका लागि संसारभरका गुरुङहरू एकतामा बाँधिन आवश्यक रहेको उहाँको भनाइ छ।

शुक्रबार र शनिबार हुने सम्मेलनमा ३७ देशका ७ सय प्रतिनिधिको सहभागी रहेको तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले बताउनुभयो।

सम्मेलनमा तमुको एकता, तमुको अस्तित्व, तमुको पहिचान र समृद्धि शीर्षकका सेसनहरूमा छलफल गरिने बताइएको छ।

आज शनिबार ती विषयमा एक मत बनाएर घोषणापत्र जारी गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...