News Portal

सडकका पोलपोलमा राष्ट्रपतिका तस्वीर

हिमाली संचार संवाददाता
४३५ पटक

२३ असोज २०७६, काठमाडौं : मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने भ्रमणमा काठमाडौं आउने दिन नजिकिँदै जाँदा विशिष्ट पाहुनाको स्वागतमा सडकका पोल-पोलमा राष्ट्रपति सीका तस्वीर टाँगिएका छन्।

चिनियाँ राष्ट्रपति सीको तस्वीरसँगै राष्ट्रपति विद्यादेवी भण्डारीका तस्वीरसमेत सजाइएका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङ राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा शनिबार नेपाल आउन लागेका हुन्।

उनी आइतबारसम्म काठमाडौंमा रहनेछन्। उच्चस्तरीय पाहुनाको स्वागतका लागि काठमाडौंलाई रातारात सजिसजाऊ बनाइएको छ।

चिनियाँ राष्ट्रपतिको स्वागतमा सरकारले त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलको प्रवेशद्वारदेखि शहरका विभिन्न ठाउँमा तस्वीरहरु सजाएको छ।

सडक किनारामा राष्ट्रपतिद्वय सी र विद्यादेवी भण्डारीका तस्वीर देख्न सकिन्छ। नयाँ बानेश्वर संसद भवन अगाडिको सडकमा पनि दुबै देशका राष्ट्र प्रमुखका तस्वीर सजाइएका छन्।

प्रतिकृया दिनुहोस्

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...