२१ असोज २०७६ मोरङ : उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले मोरङको उर्लाबारीमा अवस्थित नमुना बाल गृहका आश्रित बालबालिकाहरूसँग बिगत बर्ष झै यसपटक पनि विजया दशमी मनाएका छन्। बालगृहका बालबालिकाहरूलाई मेयर फागोले टीका, जमरा लगाउँदै दक्षिणा दिएका थिए।
बालबालिकाहरूमा दसैंको उत्साह र उमंग जगाउने हेतुले आफूले अनाथ आश्राममा दशै मनाएको मेयर फागोले बताए। मेयर फागोले बालबालिकालाइ देशको नाम राख्नेगरि असल काम गर्न आशिर्वाद दिएका छन।
विभिन्न जिल्लाका बालबालिकाहरू गृहमा आश्रित रहेको र उर्लाबारीका मेयरको हातबाट बालबालिकाले टिका लगाउदै आशिर्वाद लिन पाउदा खुशी लागेको अध्यक्ष मिनादेवी बरालले बताइन। २०५९ सालमा स्थापना भएको गृहमा तीन जुम्ल्याहासहित ४६ जना बालबालिकाहरू छन्।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
