News Portal

दूतावासहरुको अवस्था बुझ्न गठित संसदीय टोलीले प्रतिवेदन बुझाएन

हिमाली संचार संवाददाता
४०५ पटक

१५ असोज २०७६ काठमाडौं : विदेशस्थित नेपाली दुतावासहरुको अवस्था बुझ्न गठन भएको संसदीय टोलीले अझैसम्म पनि प्रतिवेदन तयार पार्न सकेको छैन।

अनुगमनका क्रममा टोलीले विदेशस्थित नेपाली दूतावासमा आर्थिक अपारदर्शिता तथा प्रशासकीय व्यवस्थापन कमजोर देखिएको बताएको थियो तर प्रतिवेदन तयार नगर्दा सरकारलाई सुधारका लागि सुझाव दिन सकेको छैन।

गत असार ९ देखि १९ गतेसम्म संसदको सार्वजनिक लेखा समितिको टोलीले बेलायत, ओमन, साउदी अरेवीया, फ्रान्स र जर्मनस्थित नेपाली दुतावासको अनुगमन गरेको थियो।

समितिका सभापति भरतकुमार शाहको नेतृत्वमा गरिएको अनुगमनमा दुतावासको भौतिक सम्पती, आय–व्यय विवरण, बजेट खर्च र जनशतिm व्यवस्थापन अवस्थावारे अनुगमन गरेको थियो।

अनुगमनका क्रममा दुतावासहरुमा आर्थिक पारदर्शिता र प्रशासकीय व्यवस्थापन कमजोर रहेको पत्ता लगाएको थियो तर, लामो समय वितिसक्दा पनि समितिले प्रतिवेदन तयार पार्न सकेको छैन।

जसका कारण दुतावास सुधारकावारेमा सरकारलाई सुझाव दिन ढिलो भैसकेको छ। समितिले भने दशैंपछि प्रतिवेदन तयार पार्ने बताएको छ।

दुतावास अनुगमनका लागि समितिका सभापति शाह लगायत लेखा समितिका सदस्य प्रेम आले, राजन के.सी, अगमलाल मोदी, चन्दा चौधरी सम्मिलित टोलीमा समितिका सचिव डाक्टर रोजनाथ पाण्डे र परराष्ट्र मन्त्रालयका उपसचिव तेजवहादुर क्षेत्री थिए।

टोलीले राजदुतावासको सम्पतिको व्यवस्थापन, आर्थिक पारदर्शिता र प्रशासकीय व्यवस्थापनमा सुधारको खाँचो रहेको बताएको छ। अनुगमन समितिले दशैपछि प्रतिवेदन तयार गरेर राजदुतावास सुधारका सुझाव सहित सरकारलाई पेश गर्ने बताएको छ ।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...