News Portal

दूतावासहरुको अवस्था बुझ्न गठित संसदीय टोलीले प्रतिवेदन बुझाएन

हिमाली संचार संवाददाता
३८४ पटक

१५ असोज २०७६ काठमाडौं : विदेशस्थित नेपाली दुतावासहरुको अवस्था बुझ्न गठन भएको संसदीय टोलीले अझैसम्म पनि प्रतिवेदन तयार पार्न सकेको छैन।

अनुगमनका क्रममा टोलीले विदेशस्थित नेपाली दूतावासमा आर्थिक अपारदर्शिता तथा प्रशासकीय व्यवस्थापन कमजोर देखिएको बताएको थियो तर प्रतिवेदन तयार नगर्दा सरकारलाई सुधारका लागि सुझाव दिन सकेको छैन।

गत असार ९ देखि १९ गतेसम्म संसदको सार्वजनिक लेखा समितिको टोलीले बेलायत, ओमन, साउदी अरेवीया, फ्रान्स र जर्मनस्थित नेपाली दुतावासको अनुगमन गरेको थियो।

समितिका सभापति भरतकुमार शाहको नेतृत्वमा गरिएको अनुगमनमा दुतावासको भौतिक सम्पती, आय–व्यय विवरण, बजेट खर्च र जनशतिm व्यवस्थापन अवस्थावारे अनुगमन गरेको थियो।

अनुगमनका क्रममा दुतावासहरुमा आर्थिक पारदर्शिता र प्रशासकीय व्यवस्थापन कमजोर रहेको पत्ता लगाएको थियो तर, लामो समय वितिसक्दा पनि समितिले प्रतिवेदन तयार पार्न सकेको छैन।

जसका कारण दुतावास सुधारकावारेमा सरकारलाई सुझाव दिन ढिलो भैसकेको छ। समितिले भने दशैंपछि प्रतिवेदन तयार पार्ने बताएको छ।

दुतावास अनुगमनका लागि समितिका सभापति शाह लगायत लेखा समितिका सदस्य प्रेम आले, राजन के.सी, अगमलाल मोदी, चन्दा चौधरी सम्मिलित टोलीमा समितिका सचिव डाक्टर रोजनाथ पाण्डे र परराष्ट्र मन्त्रालयका उपसचिव तेजवहादुर क्षेत्री थिए।

टोलीले राजदुतावासको सम्पतिको व्यवस्थापन, आर्थिक पारदर्शिता र प्रशासकीय व्यवस्थापनमा सुधारको खाँचो रहेको बताएको छ। अनुगमन समितिले दशैपछि प्रतिवेदन तयार गरेर राजदुतावास सुधारका सुझाव सहित सरकारलाई पेश गर्ने बताएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...