News Portal

ग्रीसमा लागेको डढेलोमा परी कम्तीमा पचासको मृत्यु

himali Sanchar
६३१ पटक

ग्रीसको – राजधानीनजिकै समुद्री इलाकामा रहेको एउटा रिसोर्टमा डढेलो लाग्दा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको छ ।

धेरैजसो पीडितहरू एथेन्सको उत्तरपूर्वमा रहेको माती गाउँस्थित समुद्री क्षेत्रको रिसोर्टमा फसेको अधिकारीहरुले बताएका छन् ।

आगलागी भएको ठाँउमा ६ सयभन्दा बढी अग्नी नियन्त्रक र ३ सय गाडी परिचालन गरिएको थियो ।

ग्रीसका अधिकारीहरूले कैयौँ ठाउँमा फैलिएको उक्त आगलागी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहायताको अपिल गरेका छन् ।

अधिकारीहरूले एथेन्सको पश्चिममा रहेको किनेटा नगरका बासिन्दालाई आफ्नो घर छोड्न आग्रह गरेका छन् । आगलागी भएसँगै बाटोहरू बन्द भएका छन् र रेल सेवा पनि रद्द भएको छ ।

प्रधानमन्त्री एलेक्सिस सीप्रासले घटनाप्रति दुःख व्यक्त गर्दै डढेलो नियन्त्रणका लागि गर्न सकिने सबै प्रयासहरू भइरहेको बताउनुभएको थियो ।

आगलागीका कारण १०४ जना घाइते भएको अधिकारीहरुले बताएका छन् । घाइतेमध्ये ११ जना गम्भीर घाइते भएको र त्यसमध्ये १६ जना बालबालिका रहेका छन् ।

प्रतिकृया दिनुहोस्

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...

प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेकाका लागि भुजुङ हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं, पुष ३ – भुजुङ हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरु गरेको छ।...