News Portal

ग्रीसमा लागेको डढेलोमा परी कम्तीमा पचासको मृत्यु

himali Sanchar
७४१ पटक

ग्रीसको – राजधानीनजिकै समुद्री इलाकामा रहेको एउटा रिसोर्टमा डढेलो लाग्दा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको छ ।

धेरैजसो पीडितहरू एथेन्सको उत्तरपूर्वमा रहेको माती गाउँस्थित समुद्री क्षेत्रको रिसोर्टमा फसेको अधिकारीहरुले बताएका छन् ।

आगलागी भएको ठाँउमा ६ सयभन्दा बढी अग्नी नियन्त्रक र ३ सय गाडी परिचालन गरिएको थियो ।

ग्रीसका अधिकारीहरूले कैयौँ ठाउँमा फैलिएको उक्त आगलागी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहायताको अपिल गरेका छन् ।

अधिकारीहरूले एथेन्सको पश्चिममा रहेको किनेटा नगरका बासिन्दालाई आफ्नो घर छोड्न आग्रह गरेका छन् । आगलागी भएसँगै बाटोहरू बन्द भएका छन् र रेल सेवा पनि रद्द भएको छ ।

प्रधानमन्त्री एलेक्सिस सीप्रासले घटनाप्रति दुःख व्यक्त गर्दै डढेलो नियन्त्रणका लागि गर्न सकिने सबै प्रयासहरू भइरहेको बताउनुभएको थियो ।

आगलागीका कारण १०४ जना घाइते भएको अधिकारीहरुले बताएका छन् । घाइतेमध्ये ११ जना गम्भीर घाइते भएको र त्यसमध्ये १६ जना बालबालिका रहेका छन् ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...