News Portal

आमा समुहद्धारा २७ घरलाई फिल्टर वितरण

हिमाली संचार संवाददाता
५९१ पटक

इन्द्र बुढाथोकी,
७ असोज २०७६ सल्यान : माइ भगवती आमा समुहले स्वास्थका लागि पानी जीवनका लागि शुद्ध पिउने पानी भन्दै २७ घरलाई फिल्टर वितरण गरेको छ।

बनगाड कुपिण्डे नगरपालिका वडा न ३ काप्राको माइ भगवती आमा समुहले पुर्ण सरसफाइ गाउँटोल बनाउने उद्देश्यले फिल्टर बाडिएको स्वास्थ स्वयंसेविका हरिकला पुनले जानकारी दिइन।

आमा समुहको ३३ हजार लागानिमा पानी सुदृढीकरणको लागि भन्दै फिल्टर बाडिएको बताएकी छन। देशभरी भाइरल ज्वरो, रुघाखोकी, टाइफाइड लगायत विभिन्न रोगहरु दुसित पानीका कारणले लाग्ने भएकोले आफुहरु समुहमा सल्लाह गरेर फिल्टर बाड्ने योजना गराएको पुनले बताउनु भएको छ।

शुद्ध पिउने पानीको लागि कुनै पनि संघ संस्था तथा वडा नगरपालिका नहेरेको रोगबाट बच्चालाई घरको कामले गर्दा उमालेर खाने समय नभएको कसैलाई पिउसहालेर खाना पनि नजान्ने भएकोले यसको सबै भन्दा सजिलो उपाए भनेको फिल्टर गरेर पानी पिउनु भएकोले आफुहरुको समुहमा फिल्टर वितरण गरिएको आमा समुहकि अध्यक्ष खुमा पुनले बताएकी छन।

गत वर्ष पनि सामाजिक काम अन्तर्गत २६ हजारको मन्दिरमा घाट, २४ हजारको ड्रेस र ६ हजारको बिबाह पार्टीमा आवश्यक पर्ने भाडाकुडा ल्याएको बताएकी छन।

कार्यक्रमको सहजीकरण दलित विकास समाज DDS सल्यानकि सामुदायिक पोषण सहजकर्ता दिपा बिसिले गरेकी थिइन।

प्रतिकृया दिनुहोस्

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...