News Portal

यी हुन् बस्नलायक १० शहर, पहिलो नम्बरमा भियना

हिमाली संचार संवाददाता
८४४ पटक

विश्वमै बस्नलायक शहरको सूचीमा अष्ट्रियाको भियना पहिलो नम्बरमा परेको छ । बस्न लायक नरहेको सूचीमा भने युद्धग्रस्त सिरियाको राजधानी दमास्कस परेको छ ।

इकोनोमिक इन्टिलिजेन्स युनिटले विश्वमा बस्न लायक उत्कृष्ट १० शहरहरुको सूची सार्वजनिक गरेको छ । यो सूचीमा अष्ट्रियाको भियना पहिलो नम्बरमा पर्दा अष्ट्रेलियाको मेलबर्न दोस्रो नम्बरमा छ ।

टप टेनभित्र अष्ट्रेलिया र क्यानडाका तीन-तीन तथा जापानका दुईवटा शहरहरु परेका छन् ।

अष्ट्रेलियाको मेलबर्न दोस्रो, जापानको ओसाका तेस्रो, क्यानडाको कालगेरी चौथो र अष्ट्रेलियाको सिड्नी पाँचौ स्थानमा छन् । यसैगरी क्यानडाको भ्यानकोभर, क्यानडाकै टोरन्टो सातौं, जापानको टोकियो आठौं, डेनमार्कको कोपन हेगन नवौ र अष्ट्रेलियाको एडिलेड दशौ नम्बरमा छन् ।

सिरियाको दमास्कस भने बस्न लायक शहरको सूचीमा सबैभन्दा पुछारमा छ । दमास्कसभन्दा माथि क्रमशः बंगलादेशको ढाका, नाइजेरियाको लागोस् र पाकिस्तानको कराँची शहर छन् ।

हेर्नुहोस् सूची

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...