News Portal

  • यी हुन् बस्नलायक १० शहर, पहिलो नम्बरमा भियना

    हिमाली संचार संवाददाता
    ७५१ पटक

    विश्वमै बस्नलायक शहरको सूचीमा अष्ट्रियाको भियना पहिलो नम्बरमा परेको छ । बस्न लायक नरहेको सूचीमा भने युद्धग्रस्त सिरियाको राजधानी दमास्कस परेको छ ।

    इकोनोमिक इन्टिलिजेन्स युनिटले विश्वमा बस्न लायक उत्कृष्ट १० शहरहरुको सूची सार्वजनिक गरेको छ । यो सूचीमा अष्ट्रियाको भियना पहिलो नम्बरमा पर्दा अष्ट्रेलियाको मेलबर्न दोस्रो नम्बरमा छ ।

    टप टेनभित्र अष्ट्रेलिया र क्यानडाका तीन-तीन तथा जापानका दुईवटा शहरहरु परेका छन् ।

    अष्ट्रेलियाको मेलबर्न दोस्रो, जापानको ओसाका तेस्रो, क्यानडाको कालगेरी चौथो र अष्ट्रेलियाको सिड्नी पाँचौ स्थानमा छन् । यसैगरी क्यानडाको भ्यानकोभर, क्यानडाकै टोरन्टो सातौं, जापानको टोकियो आठौं, डेनमार्कको कोपन हेगन नवौ र अष्ट्रेलियाको एडिलेड दशौ नम्बरमा छन् ।

    सिरियाको दमास्कस भने बस्न लायक शहरको सूचीमा सबैभन्दा पुछारमा छ । दमास्कसभन्दा माथि क्रमशः बंगलादेशको ढाका, नाइजेरियाको लागोस् र पाकिस्तानको कराँची शहर छन् ।

    हेर्नुहोस् सूची

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...