News Portal

कुवेतमा फेरि अर्का एक नेपाली युवाको मृत्यु

हिमाली संचार डटकम
९८६ पटक

कमल सिंह,
कुवेत, १३ अगस्ट – कुवेतमा नेपाली कामदारहरुको विभिन्न दुर्घटनामा परी मृत्यु भईरहेका समाचार आईरहदा फेरि अर्का एक नेपाली युवाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।

खोटाङको दिक्तेल रुपाकाेट मझुवागडि नगरपालिका वडा नः २ साेल्माका नीर बहादुर राईको गत बिहिबार राती गाडीको ठक्करबाट मृत्यु भएको खोटाङ कुवेत सम्पर्क मञ्चका अध्यक्ष प्रेम कटवालले जानकारी दिए।

किरात राई योयाख्या कुवेतका अध्यक्ष मन्जित राईका अनुसार उनी कुवेतमा १२ बर्ष देखि तान्जिप्को कम्पनीमा कार्यरत थिए। ४४ बर्षिय राईका श्रीमती र १ छोरी छन।

कुवेतको जिलिबमा बाटो क्रस गर्ने क्रममा तीब्र गतिमा रहेको गाडिको ठक्करबाट उनको ज्यान गएको नेपाली दूतावास कुवेतले पुष्टि गरेको छ। राईको शव नेपाल पठाउन कानुनी प्रक्रिया पूरा गरेर छिट्टै पठाईने राजदूतावासले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...