News Portal

  • युएईबाट हास्यटेलिशृङ्खला “बेसारेको मायाजाल” सार्वजनिक [भिडियो सहित]

    हिमाली संचार संवाददाता
    ७९७ पटक

    युएई, ३१ अगस्ट : वैदेशिक रोजगारीको लागि युएई आएका नेपाली कलाकारिता क्षेत्रमा रुचि भएका नेपालीहरुले हास्य टेलिशृङ्खला नियमित सार्वजनिक गर्ने भएका छन्।

    नयाँ सोच र शैलीमा निर्माण गर्ने हास्य टेलीशृङ्खला “बेसारेको मायाजाल”को पहिलो भाग अगस्ट २९ मा सार्वजनिक गरेर यसलाई निरन्तरता दिने शृङ्खलाका व्यवस्थापक मध्येका कैलाश अर्यालले बताएका छन्।

    उर्जावान र क्रिएटिभ युवा समुहले उत्पादन गरेको यो हास्य टेलीशृङ्खलाले नेपाली दर्शकहरुको मन जित्ने कुरा निर्माणपक्षले दाबी गरेको छ।

    बिटुके एसिया युट्युब च्यानलबाट सार्वजनिक भएको पहिलो शृङ्खलाले धेरै राम्रो प्रतिक्रिया, हौसला र सकारात्मक फिडब्याक पाएका कारण आगामी दिनमा अझ परिस्कृत गरिदै लाने यस शृङ्खलाका कलाकार समेत रहेका लेखक तथा निर्देशक इन्द्र सेन्चुरीले जानकारी दिएका छन्।

    पछिल्लो समय नेपालीहरुको लागि रोजगारीको मात्रै कर्मथलो युएई नभएर राम्राराम्रा कलाकार, गायकगायिका, पत्रकार, ब्यावसायीहरु जन्माउने उर्वर भुमी मानिन थालेको छ। अधिकांस नेपालीहरुले आफ्नो रुचिको क्षेत्रमा समर्पित भएर नाम, काम र दाम कमाएको पाइन्छ।

    यस्तै माहोलमा युएईमै बसेर बिटुके एशिया च्यानल मार्फत नियमित सार्वजनिक हुने बेसारेको मायाजाल टेलिशृङ्खला पनि एक हुने ब्यवस्थापक अर्यालले बताएका छन्।

    युएईको नेपाली सामाजिक जिवनमा पाल्पाली समाजको संस्थापक उपाध्यक्ष समेत रहेर आफ्नो सामाजिक छबिलाई उच्च बनाएका अर्याल सिर्जनशील सामाजिक व्याक्तित्व समेत हुन्।

    उक्त शृङ्खलाका लेखक तथा निर्देशक साथै लिड रोलमा रहेका इन्द्र सेन्चुरी पनि युएईको नेपाली रंगमन्चमा परिचित कलाकार हुन्। सर्लाही सेवा समाजमा आवद्ध सेन्चुरी यो शृङ्खलामा एक मधेसी मुलको प्रतिनिधि हास्य पात्रको रुपमा देखापरेका छन्।

    बिटुके एसिया च्यानल धेरै युट्युबरको एउटै थलो भएको हुदा धेरै दर्शकले भरपुर्ण मनोरञ्जन लिन पाउने निर्माणपक्षले बताएको छ। निर्माताहरुका अनुसार ‘बेसारेको मायाजाल’ बिटुके एसिया च्यानलका धेरै कार्यक्रम मध्येको एउटा हो।

    यसका संचालकहरुमा बरुण खनाल, कैलाश अर्याल र बिष्णु खनाल रहेका छन्। यो च्यानलले गैर राजनितिक सामाजिक बिषयहरुको उठान गर्ने, मनोरन्जनात्मक कार्यक्रमहरु उत्पादन गर्ने लक्ष्य लिएको छ। साथै, शिक्षामुलक कार्यक्रम उत्पादन गरी सचेतना बढाउने पनि यो च्यानलको अभिप्राय रहेको छ।

    सामाजिक उत्तरदायित्व बहन गरी समाज विकासमा योगदान दिने सो समुहले आफ्नो प्रस्तुति हेरेर प्रतिक्रिया दिन सबैलाई अनुरोध समेत गरेको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २५ गतेको राशिफल

    आज भदौ २५, २०८२ (सेप्टेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...

    ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

    काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई...

    प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले...

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    काठमाडौं – हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। काठमाडौं...