News Portal

  • वैदेशिक रोजगारीका लागि खाडीको विकल्पमा १९ मुलुक सिफारिस

    हिमाली संचार संवाददाता
    ५६४ पटक

    काठमाडौं – वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकसम्बन्धी अध्ययन गर्न बनेको कार्यदलले १९ मुलुक सिफारिस गरेको छ । पूर्वाराजदूत उदयराज पाण्डे नेतृत्वको कार्यदलले सरकारलाई सम्भावित श्रम गन्तब्यका लागि गृहकार्य थाल्न सुझाव दिएको छ ।

    श्रममन्त्री गोकर्ण बिष्टलाई सोमबार बुझाइएको प्रतिवेदनमा नेपाली श्रमिकहरुको लागि खाडी मुलुकहरुको विकल्पमा रुपमा युरोपका पोर्चुगल, चेक गणतन्त्र, रोमानीया, पोल्याण्ड, स्वीडेन र डेनमार्क लगायतका देशहरु उपयुक्त हुने उल्लेख छ ।

    त्यहाँ सेवाक्षेत्र, कृषि तथा उत्पादन क्षेत्रमा श्रमिकहरुको माग रहेको देखिएको कार्यदलको ठहर छ ।

    ‘जापान, फिजी र मोरिसस जस्ता मुलुकहरु पनि नेपाली कामदारका लागि आकर्षक गन्तव्य हुन सक्ने देखिन्छ, जहाँ नेपाली कामदारहरु अहिले पनि सानो संख्यामा जाने गरेका छन्,’ प्रतिवेदनमा भनिएको छ ।

    त्यहाँ मुख्यतः कारखाना, कृषि, सेवा र निर्माण क्षेत्रमा मुख्य रुपमा कामदारको माग हुने गरेको कार्यदलले जनाएको छ ।

    चीन, रुस, श्रीलंका र माल्दिभ्स पनि नयाँ गन्तव्य मुलुकको विकास भइरहेको भन्दै पाण्डे नेतृत्वको कार्यदलले त्यहाँ पनि नेपाली कामदारहरुलाई पनि रोजगारीको अवसर प्राप्त हुन सक्ने औंल्याइएको छ ।

    छिमेकी मुलुक भारतमा पनि औपचारिक रुपमा नेपाली कामदार पठाउन सकिने प्रतिवेदनमा उल्लेख छ । ‘भारत परम्परागत रुपमै नेपाली कामदारहरुको लागि गन्तव्य मुलुक रही आएको छ । तर, त्यहाँ कार्यरत धेरैजसो नेपालीहरु अनौपचारिक तथा असंगठित क्षेत्रमा तुलनात्मक रुपमा थोरै पारिश्रमिक र असुरक्षित अवस्थामा कार्यरत छन्’ प्रतिवेदनमा उल्लेख छ ।

    तर, भारत जाने कामदारहरुलाई नेपालको विद्यमान वैदेशिक रोजगार कानुनले समेट्दैन । अब भने कामदार पठाउनुअघि त्यहाँका रोजगारदाता र सम्बन्धित सरकारी निकायसंग छलफल-अध्ययन गर्न र त्यस अनुसार ऐन, कानुन एवं कार्यविधि बनाउन आवश्यक रहेको कार्यदलको ठहर छ ।

    यसबाहेक क्रुज (पानी जहाज) मा काम गर्ने श्रमीकहरुको पनि ठूलो माग रहेको कार्यदलले गरेको अध्ययनमा देखिएको छ । ‘नेपालबाट केही श्रमिकहरु क्रुजमा काम गर्न गएको पाइएको छ । यस क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमिक तुलनात्मक रुपमा आकर्षक छ,’ प्रतिवेदनमा भनिएको छ ।

    नयाँ गन्तव्य मुलुक/क्षेत्रमा रोजगारीको सम्भावना भएपनि कामदार पठाउने निर्णय गर्नु अघि त्यहाँका रोजगारदाताले भर्ना शुल्क व्यहोर्ने/नव्यहोर्ने र कामदारको सेवा, सुविधा एवं कानुनी संरक्षणबारे स्थलगत अध्ययन र सरकारका तर्फबाट सम्बन्धित मुलुकसँग द्विपक्षीय छलफल गर्न आवश्यक पर्ने कार्यदलको निष्कर्ष छ ।

    त्यस्तै श्रमिकहरुलाई समस्या पर्दा गन्तव्य मुलुकको सरकार र नेपाली निकायहरुबाट के कसरी सहयोग गर्न सकिन्छ भन्ने विषय उल्लेख गरी सम्बन्धित देशसँग सम्झौता गर्न पनि उपयुक्त हुने प्रतिवेदनको ठहर छ ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१७ गते सोमबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १७ गते सोमबार इश्वी सन २०२४ अप्रिल २९...

    इलाम-२ उपनिर्वाचन ताजा मतगणनाको मतपरिणाम सार्वजनिक एमालेले लियो अग्रता

    बैशाख -१६, आइतबार/इलाम – इलाम-२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिकाको वडा नं. १, २,...

    मटिहानीका अग्नि पीडितहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा सहयोग

    बैशाख-१५, आइतबार/मोरङ – महोत्तरी जिल्ला मटिहानी नगरपालिका वडा नं ६, जलहरवामा ६ गते भएको आगलागीबाट...

    नियमित मर्निङ वाकले मोटोपना, हृदयरोग जस्ता रोगबाट बचाउँछ

    काठमाडौं। बिहानको ताजा हावामा हिँड्नु भएको छ ? बिहानै उठ्न सबैलाई कष्टकर लाग्छ तर बिहानको...

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal