News Portal

रहरमा खनिएका सडकको माटो वाढिले बगाउदा खेतबारी बगरमा परिणत

हिमाली संचार संवाददाता
६५२ पटक

इन्द्र बुढाथोकी/सल्यान ११ भदौ : अनाधिकृत रुपमा खनिएको सडकको माटो बाढिले बगाउदा जिल्लाका अधिकांस स्थानको खेतीयोग्य जमिन बगरमा परिणत बन्दै जान थालेको छ। सामाजिक प्रभाव मूल्यांकन विनै खनिएका सडकले पछिल्लो समय खेतीयोग्य जनि मासिदै जान थालेको हो।

रहरमा खनिएका सडकको माटो वाढिले बगाउदा जीविकोपार्जन गर्ने माध्यम बनेको खेतबारी बगरमा परिणत भएका छन्। बन्गाड कुपिन्डे नगरपालिका वडा न १० टाट्केको खहरेखोलामा बाढि आउदा २० रोपनी भन्दा बढि खेतीयोग्य जमिन बगरमा परिणत भएको छ।

खहरे खोलाले सडकको माटो बगाउदा आफ्नो खेतबारी बगरमा परिणत भएको स्थानीय खुमलाल वलीले बताए। सडक खनियो न उक्त सडकमा गाडी गुड्छन खेतबारीको मात्रै नास भएको छ उनले भने। खहरे खोलाकै कारण खेतसँगै घर पनि जोखिममा रहेकाले घरमा समेत बस्न छोडेको उनको भनाई छ।

प्रदेश सरकारले तटबन्ध निर्माणका लागि १० लाखमा जाली हानिए पनि खनिएको सडकले कारण जाली पुरि जमिन बगरमा परिणत हुने क्रम नरोकिएको अर्का किसान हरि बहादुर थापाले बताए। उक्त खहरे खोलाले मानविय क्षति अहिलेसम्म नभएपनि धानखेत बगरमा परिणत गरिदिएको बताए।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...