News Portal

रहरमा खनिएका सडकको माटो वाढिले बगाउदा खेतबारी बगरमा परिणत

हिमाली संचार संवाददाता
५९२ पटक

इन्द्र बुढाथोकी/सल्यान ११ भदौ : अनाधिकृत रुपमा खनिएको सडकको माटो बाढिले बगाउदा जिल्लाका अधिकांस स्थानको खेतीयोग्य जमिन बगरमा परिणत बन्दै जान थालेको छ। सामाजिक प्रभाव मूल्यांकन विनै खनिएका सडकले पछिल्लो समय खेतीयोग्य जनि मासिदै जान थालेको हो।

रहरमा खनिएका सडकको माटो वाढिले बगाउदा जीविकोपार्जन गर्ने माध्यम बनेको खेतबारी बगरमा परिणत भएका छन्। बन्गाड कुपिन्डे नगरपालिका वडा न १० टाट्केको खहरेखोलामा बाढि आउदा २० रोपनी भन्दा बढि खेतीयोग्य जमिन बगरमा परिणत भएको छ।

खहरे खोलाले सडकको माटो बगाउदा आफ्नो खेतबारी बगरमा परिणत भएको स्थानीय खुमलाल वलीले बताए। सडक खनियो न उक्त सडकमा गाडी गुड्छन खेतबारीको मात्रै नास भएको छ उनले भने। खहरे खोलाकै कारण खेतसँगै घर पनि जोखिममा रहेकाले घरमा समेत बस्न छोडेको उनको भनाई छ।

प्रदेश सरकारले तटबन्ध निर्माणका लागि १० लाखमा जाली हानिए पनि खनिएको सडकले कारण जाली पुरि जमिन बगरमा परिणत हुने क्रम नरोकिएको अर्का किसान हरि बहादुर थापाले बताए। उक्त खहरे खोलाले मानविय क्षति अहिलेसम्म नभएपनि धानखेत बगरमा परिणत गरिदिएको बताए।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...