News Portal

महिना नसकिँदै पूरै हाजिर गर्ने डाक्टरमाथि कारबाही सिफारिस

हिमाली संचार संवाददाता
७५० पटक

जाजरकोट – महिना बित्नु अगावै हाजिर गरेर बेपत्ता हुने चिकित्सकलाई स्थानीय प्रशासनले कारवाहीका लागि सिफारिश गरेको छ ।

साउनभरिको हाजिर गरेर जिल्ला छाडेकी जाजरकोट जिल्ला अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईमाथि कारवाही प्रक्रिया अघि बढाइएको हो ।

जिल्ला प्रशासन कार्यालय, जाजरकोटले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडा नेतृत्वमा गरेको अनुगमनका क्रममा अस्पताल प्रमुखलाई जानकारी नै नदिर्इ राई साउनभरिको हाजिर जनाई नेपालगञ्ज गएको पाइएको थियो ।

जाजरकोटका प्रमुख लिल्ला अधिकारी ललितबहादुर बस्नेतले राईलाई स्वास्थ्य सेवा ऐनअनुसार कारवाहीका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतस्थित स्वास्थ्य सेवा निर्देशनालय र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलगायतमा लिखित पत्राचार गरिएको जानकारी दिए ।

उनले जिल्ला छाडेपछि प्रसूतिलगायत स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा ठप्प छ । दुई वर्षअघि नै १५ बेडबाट ५० बेडमा स्तरोन्नति गरिएको उक्त अस्पतालमा नौ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हालसम्म विशेषज्ञ सेवा शुरु हुन सकेको छैन । रासस

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...