News Portal

एनआरएनए कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धि सुचना सार्वजनिक

हिमाली संचार संवाददाता
५०० पटक

कुवेत, १९ जुलाई : गैर आवासीय नेपाली संघ कुवेतको आसन्न छैटाैं महाधिवेशन प्रयाेजनकाे लागि गठित निर्वाचन समितिले बिहीवार एक सूचना प्रकाशित गरि नयाँ कार्यकालकाे लागि भोलि (शनिबार) दिउँसो २ बजे देखि साँझ ७ बजेसम्म मालिया सिटी स्थित चाैतारी रेष्टुरेन्टमा हुन गइरहेको उम्मेदवारी दर्ताकाे लागि विभिन्न पदमा उम्मेदवारी दिन चाहने गैर आवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले उम्मेदवारी फारामकाे साथमा पेश गर्नुपर्ने कागजातका बारेमा सूचित गरेको छ ।

निर्वाचन आयुक्त शिब प्रसाद काेइरालाद्वारा हस्ताक्षरित सूचनामा जनाइए अनुसार उम्मेदवारी फारमको साथ कुवेत स्थित आवासीय भिसा कार्ड(सिभिल आइडी) र नेपाली राहदानीको प्रतिलिपि, विदेशमा कुनै ब्यावसाय गरेर बसेको भए सो ब्यावसायको दर्ता सम्बन्धी कागजात, हालै खिचिएको पासपोर्ट साइजको १ प्रति फोटो र प्रस्तावक र समर्थकको कुवेत स्थित आवासीय भिसा कार्ड(सिभिल आइडी)को प्रतिलिपि पेश गर्नुपर्ने जनाएको छ ।

निर्वाचन समितिले यस अघि नै निर्वाचन अाचार संहिता, निर्वाचन कार्य तालिका र विभिन्न सूचना जारी गरि उम्मेदवारी दिन सक्ने योग्यता, स्थान, मिति, शुल्क लगायतका बारेमा पहिले नै सार्वजनिक गरिसकेको छ ।

प्रकाशित सूचना यस्तो छ :

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...