News Portal

एनआरएनए हङकङको अध्यक्षमा निरन्जन गुरुङको उम्मेदवारी

हिमाली संचार संवाददाता
५४३ पटक

हङकङ : एनआरएनए सबैको माझमा अबको नेतृत्व युवाको काँधमा’ भन्ने नारा लिएर चुनावी मैदानमा उत्रिएका निरन्जन गुरुङ आफूलाई हङकङमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ दिदीबहिनी तथा सम्पूर्ण युवाहरुको साथ रहेको बताएका छन ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङका वरिष्ठ उपाध्यक्ष निरन्जन गुरुङले अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन् । इन्डिया क्लबमा जुलाई २८ मा हुने नेपाली संघ हङकङको सातौं अधिवेशनका लागि उनले उम्मेदवारी दिएका हुन् ।

हाल उपाध्यक्ष गुरुङ हङकङमा रहेर आफ्नो व्यापार र व्यावसाय गर्नुको साथै, सन् २००५ देखि २०१९ सम्म निरन्तर गैर आवासीय नेपाली संघ हङकङमा आवद्ध भएर काम गर्दै आएका छन् । उक्त संस्थामा उनी सन् २०१५ देखि २०१७ सम्म महासचिव थिए भने सन् २०१७ देखि २०१९ सम्म अर्थात् हालसम्म वरिष्ठ उपाध्यक्षको पदभार सम्हालिरहेका छन् ।

उक्त उपाध्यक्ष पदमा रहेर काम गर्दै गर्दा उनी नेपाल भलिबल संघको भलिबल एम्बेसेडरको रुपमा विदेशी भूमिमा रहेर पनि नेपाल र हङकङबीच ३४ बर्षपछि मैत्रीपूर्ण भलिबल खेल खेलाउन सफल व्यक्तिको रुपमा परिचित छन् ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...