News Portal

कुवेतमा रुकुमपुर्वका जवारलालको मृत्यु, दुई साताभित्रमा ६ जना नेपालीले ज्यान गुमाए !

हिमाली संचार संवाददाता
६६८ पटक

कुवेत, १७ जुलाई : कुवेतमा फेरि एक नेपाली युवाको मृत्यु भएको छ। रूकुमपुर्व कोल- ६ पद्मी गाउँका २७ वर्षीय जवारलाल बुढा मगर गत आइतबार १४ तारिख ओछ्यानमै मृत भेटिएको बुझिएको छ। मृतक जवारलाल रातीको काम सकेर कम्पनीको आवासगृहमा खाना खाएर सुतेका थिए। जवारलाल रोजगारीको सिलसिलामा कुवेतको हिस्को कम्पनीमा १५ महिना अघि मात्रै कुवेत आएका हुन् ।

यस घटनासंगै उच्च रक्तचाप, सवारी दुर्घटना र आगलागि दुर्घटना जस्ता विभिन्न कारणले कुवेतमा २ हप्ता भित्रमै ६ जना नेपाली कामदारहरुले ज्यान गुमाइसकेका छन्। मृत्यु हुनेहरुमा जुलाई ६ तारिखमा बागलुङ गल्कोटका तारा बहादुर बिकको उच्च रक्तचापबाट मृत्यु भएको थियो।

यसैगरी कुवेतको महाबुल्ला स्थित आप्रवासी कामदारहरुको आवास गृहमा गत शुक्रबार राती १० बजे खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा सर्लाहीका २९ बर्षिय बिजय बैंठा, ठेगाना नखुलेकी अप्सरा कामी तथा गौरी दर्जिको मृत्यु भएको थियो भने बर्दघाट नगरपालिका-१२ नवलपरासीका भागिरथ चापागाईको आइतबार बिहान कुवेतको अलआदान अस्पतालमा निधन भएको थियो। उनि सडक दुर्घटनामा परी अढाई बर्षदेखि कुवेतको अलअदान अस्पतालमा उपचार गराइरहेका थिए।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...