News Portal

मोदीका मन्त्री गोहाई विरुद्ध लाग्यो बलात्कारको आरोप

हिमाली संचार संवाददाता
७३६ पटक

दिल्ली – नरेन्द्र मोदी सरकारका रेल राज्यमन्त्री राजेन गोहाईमाथि रेल विभागमा जागिर दिलाउने बहानामा एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ ।

पीडित महिलाले मन्त्रीविरुद्ध आसामको नगांव थानामा एफआईआर दर्ता गरेका छन् । जागिर दिने बहानामा बलात्कार गरेको र धम्क्याएको भन्दै राज्यमन्ज्त्री गोहाईविरुद्ध दर्ता गरिएको एफआईआरमा उजुरीकर्ता र उनकी बहिनीलाई पीडित भनिएको छ ।

मन्त्रीले जागिर दिने बहानामा करिव ७/८ महिनासम्म शौन शोषण गरेको पीडितको दाबी छ । तर, पछि मन्त्रीले फोनमा कुरा गर्न छाडेको र नंगावस्थित आफ्नो निवासमा प्रवेश गर्न रोक लगाएको पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

उनीहरुले धम्कीको अडियो पनि रहेको दाबी गरेका छन् । मन्त्रीको छोराले पनि उनीहरु र परिवारको सदस्यलाई ब्लाकमेलिङ गरेको उजुरी प्रहरीमा दर्ता भएको छ ।

भारतीय जनता पार्टीका वरिष्ठ नेता राजेन गोहाई सन् १९९० देखि नगांव लोकसभा सिटका सांसद हुन् । उनले राजनीतिक प्रतिशोध साध्न यो आरोप लगाएको दाबी गरे ।

आसाम प्रदेश कांग्रेस प्रवक्ता अपूर्व भट्टले भने मन्त्रीबाट हटाएर निश्पक्ष छानविन गर्न माग गरेका छन् ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...