News Portal

मोदीका मन्त्री गोहाई विरुद्ध लाग्यो बलात्कारको आरोप

हिमाली संचार संवाददाता
६७६ पटक

दिल्ली – नरेन्द्र मोदी सरकारका रेल राज्यमन्त्री राजेन गोहाईमाथि रेल विभागमा जागिर दिलाउने बहानामा एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ ।

पीडित महिलाले मन्त्रीविरुद्ध आसामको नगांव थानामा एफआईआर दर्ता गरेका छन् । जागिर दिने बहानामा बलात्कार गरेको र धम्क्याएको भन्दै राज्यमन्ज्त्री गोहाईविरुद्ध दर्ता गरिएको एफआईआरमा उजुरीकर्ता र उनकी बहिनीलाई पीडित भनिएको छ ।

मन्त्रीले जागिर दिने बहानामा करिव ७/८ महिनासम्म शौन शोषण गरेको पीडितको दाबी छ । तर, पछि मन्त्रीले फोनमा कुरा गर्न छाडेको र नंगावस्थित आफ्नो निवासमा प्रवेश गर्न रोक लगाएको पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

उनीहरुले धम्कीको अडियो पनि रहेको दाबी गरेका छन् । मन्त्रीको छोराले पनि उनीहरु र परिवारको सदस्यलाई ब्लाकमेलिङ गरेको उजुरी प्रहरीमा दर्ता भएको छ ।

भारतीय जनता पार्टीका वरिष्ठ नेता राजेन गोहाई सन् १९९० देखि नगांव लोकसभा सिटका सांसद हुन् । उनले राजनीतिक प्रतिशोध साध्न यो आरोप लगाएको दाबी गरे ।

आसाम प्रदेश कांग्रेस प्रवक्ता अपूर्व भट्टले भने मन्त्रीबाट हटाएर निश्पक्ष छानविन गर्न माग गरेका छन् ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...