News Portal

तमू प्ये ल्हु संघ कुवेतले तमू ल्होसार ३ जनवरीमा अतिथी कलाकारको साथ मनाउने

हिमाली संचार संवाददाता
४४४ पटक

कुवेत, १५ जुलाई : तमू प्ये ल्हु संघ कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमूहरुको महान पर्ब तमू ल्होसार नेपालबाट अतिथि कलाकार ल्याएर बिभिन्न साँस्कृतिक कार्यक्रमको साथ चि-ल्हो तमू ल्होसार भब्य रुपले मनाउने संघको अध्यक्ष उमा गुरुङले हिमालीसंचारलाई जानकारी दिनु भयो।

गत शुक्रबार सल्मियामा सस्थाका अध्यक्ष उमा गुरुङको निवासमा बसेको बैठकले विविध विषयहरुमा छलफल गरेर संघका सल्लाहकार लगायत कार्यसमितिका सदस्यहरु साथै शुभचिन्तकहरुको उपस्थितमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तर दिदै आफ्नो हात फैल्यउदै आइरहेको तमु प्ये ल्हु संघ,कुवेतले हरेक वर्ष तमु ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ। संघ ले गत सालहरुमा पनि नेपाल बाट अतिथि कलाकारहरु गयाक तिलक गुरुङ,गयिका इन्दिरा गुरुङ ल्याइ भब्य सागितिक कार्यक्रमको आयोजना गरी भरपुर मनोरंजन दिलाई सकेको छ।

आफ्नो स्थापना देखी नै हरेक कार्यक्रम सफल बनाउदै आएको तमू प्ये ल्हु संघ कुवेतले “तमू ल्होसार”(चि-ल्हो बर्ग) को ल्होसार कार्यक्रमलाइ भब्य र सब्य पर्नको लागि आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य र गीतहरुले अतिथिहरुलाई संघको कलाकार भाई बहिनी हरुको जोडदार प्रस्तुती रहने छ। भने यास पाली तमू ल्होसारमा अतिथी कलाकार को ल्याउने भन्ने बारेमा र कार्यक्रम कुन ठाँउ र काँहा गर्ने भन्ने बिषयमा टुंगो लागि नसकेकोले यसको टुंगो चाडै लगाएर सार्वजनिक गरिने अध्यक्ष उमा गुरुङले बताउनु भयो।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाइदिनुहुन आयोजकले अनुरोध समेत गरेको छ।

तपशिल :

कार्यक्रम : तमू ल्होसार
मिति : ३ जनवरी २०२० शुक्रबार
आयोजक : तमू प्ये ल्हु संघ कुवेत।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...