News Portal

बुटवलका हुक्काबारमा प्रहरीले छापा मार्दा २७३ किशोरकिशारी पक्राउ

हिमाली संचार संवाददाता
१०४३ पटक

बुटवल – प्रहरीले बुटवलका २ वटा हुक्का बारमा छापा मारेर झण्डै २७३ किशोर किशोरीलाई नियन्त्रणमा लिएको छ ।

स्थानीयको उजुरीका आधारमा प्रहरीले मैत्रीपथस्थित बिच फोर्ड क्याफे र मिलनचोकको ग्यालेक्सी क्याफेमा छापा मारेको हो । फोर्ड क्याफेमा १२३ किशोरी र ८४ जना किशोर तथा ग्यालेक्सीमा ३१ किशोरी र २५ किशोर पक्राउ परेका छन् ।

मदिरा, धुमपान र हुक्का सेवन गरेर होहल्ला गरेको अवस्थामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

दुबै कयाफेमा भेटिएकाहरु १२-१३ वर्षका स्कुल पढ्नेदेखि १७-१८ वर्षका कलेज पढ्ने किशोर किशोरी छन् । उनीहरूलार्इ केही घण्टा इलाका प्रहरी कार्यालय बुटवलमा राखे पश्चात अभिभावकलाई बोलाएर छोडिएको छ ।

प्रहरीले ग्यालेक्सी क्याफेका संचालक अर्जुन अर्याल र निलकण्ठ अधिकारी तथा बिच फोर्डका संचालक विजय थापा र अरुण गुरुङलाई नियन्त्रणमा लिएको छ । उनीहरूलार्इ सार्वजनिक मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

‘क्याफे र हुक्का बारहरुका कारण कलिला किशोर किशोरीहरु कुलत र गलत बाटोमा जाने गम्भीर खतरा देखियो’ मल्लले भने, ‘यति भयावह अवस्था होला भन्ने कल्पनै गरेका थिएनौं ।’

विशेषगरी शुक्रबार र शनिबार क्याफेमा किशोर किशोरीको जमघट र होहल्लाका कारण समाजमा नकारात्मक असर परेको भन्दै प्रहरीमा उजुरी परेको थियो । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...

देउवा–कोइराला भेट: नम्बरविहीन फारमले महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी

काठमाडौं, पुष १ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको...