News Portal

एनसीसी कुवेतको छैटौं अधिवेशनको लागि २० जुलाईमा उम्मेदवारी दर्ता

हिमाली संचार संवाददाता
४३४ पटक

कुवेत, ११ जुलाई : गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी अगष्ट २ तारिख कुवेत सिटी स्थित IN & GO होटलको सभाहलमा आयोजना हुन गर्इरहेको आसन्न छैटौं राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन समितिले एक सूचना जारि गरि कुवेतको मालिया सिटी स्थित चैतारी रेष्टुरेन्टमा यहि जुलाई २० तारिक शनिबार दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।

निर्वाचन समितिले जारी गरेको सूचना अनुसार नयाँ बन्ने कार्य समितिमा उम्मेदवारी दिन चाहने विभिन्न पदका उम्मेदवारहरूका लागि उम्मेदवारी शुल्क समेत निर्धारण गरेको छ । गैर आवासीय नेपाली संघको विधान बमोजिम प्रति एक हजार पञ्जिकृत सदस्य बराबर एक जना अन्तर्राष्ट्रिय परिषदको सदस्य रहन पाउने ब्यवस्था भएकोले कुवेतको हकमा अन्तर्राष्ट्रिय परिषदको सदस्य १ जना मात्र रहने छन् ।

सोही अनुसार अन्तर्राष्ट्रिय परिषदको सदस्य १ पदको लागि अमेरिकी डलर १००० बराबर हुन आउने ३०५ केडी, संघको राष्ट्रिय समन्वय परिषदको अध्यक्ष १ पदको लागि २५० केडि, उपाध्यक्षहरू प्रथम उपाध्यक्ष, उपाध्यक्ष र महिला उपाध्यक्ष गरि ३ पदको लागि जनही १७५ केडि, महासचिव १ पदको लागि १५० केडि, सचिव तथा कोषाध्यक्ष १-१ पदको लागि जनही १०० केडि, युवा संयोजक तथा महिला संयोजक १-१ पदको लागि जनही ७५ केडि, सह-कोषाध्यक्ष तथा महिला उप-संयोजक १-१ पदको लागि जनही ५० केडि र सदस्य १० पदको लागि जनही २० केडी उम्मेदवारी शुल्क तोकिएको छ ।

निर्वाचन समितिले यस अघि नै निर्वाचन अचार संहित र निर्वाचन कार्यतालिक प्रकाशन गरिसकेको छ भने यस वर्षबाट अनलाइन पद्दतिमा भरिएको पञ्जिकृत सदस्यता फारम जुलाइ १९ तारिक शुक्रबार राती १० बजेसम्म भर्न पाइनेछ भने जुलाई २० तारिख शनिबार दिउँसो २ बजेबाट साँझ ७ बजेसम्म उम्मेदवारी दिन सकिनेछ ।

परेका उम्मेदवारी माथि दावी बिरोधको लागि जुलाई २२ तारिख सोमबार साँझ ५ बजे सम्मको समय तोकेको छ भने उम्मेदवारी फिर्ता लिनको लागि जुलाई २५ तारिख बिहिबार साँझ ५ बजे सम्मको समय सिमा तोकेको छ भने जुलाई २६ तारिख शुक्रबार साँझ ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिने पनि निर्वाचन समितिले यस अघि नै जनाइसकेको छ ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...