News Portal

एनसीसी कुवेतको छैटौं अधिवेशनको लागि २० जुलाईमा उम्मेदवारी दर्ता

हिमाली संचार संवाददाता
४७३ पटक

कुवेत, ११ जुलाई : गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी अगष्ट २ तारिख कुवेत सिटी स्थित IN & GO होटलको सभाहलमा आयोजना हुन गर्इरहेको आसन्न छैटौं राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन समितिले एक सूचना जारि गरि कुवेतको मालिया सिटी स्थित चैतारी रेष्टुरेन्टमा यहि जुलाई २० तारिक शनिबार दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।

निर्वाचन समितिले जारी गरेको सूचना अनुसार नयाँ बन्ने कार्य समितिमा उम्मेदवारी दिन चाहने विभिन्न पदका उम्मेदवारहरूका लागि उम्मेदवारी शुल्क समेत निर्धारण गरेको छ । गैर आवासीय नेपाली संघको विधान बमोजिम प्रति एक हजार पञ्जिकृत सदस्य बराबर एक जना अन्तर्राष्ट्रिय परिषदको सदस्य रहन पाउने ब्यवस्था भएकोले कुवेतको हकमा अन्तर्राष्ट्रिय परिषदको सदस्य १ जना मात्र रहने छन् ।

सोही अनुसार अन्तर्राष्ट्रिय परिषदको सदस्य १ पदको लागि अमेरिकी डलर १००० बराबर हुन आउने ३०५ केडी, संघको राष्ट्रिय समन्वय परिषदको अध्यक्ष १ पदको लागि २५० केडि, उपाध्यक्षहरू प्रथम उपाध्यक्ष, उपाध्यक्ष र महिला उपाध्यक्ष गरि ३ पदको लागि जनही १७५ केडि, महासचिव १ पदको लागि १५० केडि, सचिव तथा कोषाध्यक्ष १-१ पदको लागि जनही १०० केडि, युवा संयोजक तथा महिला संयोजक १-१ पदको लागि जनही ७५ केडि, सह-कोषाध्यक्ष तथा महिला उप-संयोजक १-१ पदको लागि जनही ५० केडि र सदस्य १० पदको लागि जनही २० केडी उम्मेदवारी शुल्क तोकिएको छ ।

निर्वाचन समितिले यस अघि नै निर्वाचन अचार संहित र निर्वाचन कार्यतालिक प्रकाशन गरिसकेको छ भने यस वर्षबाट अनलाइन पद्दतिमा भरिएको पञ्जिकृत सदस्यता फारम जुलाइ १९ तारिक शुक्रबार राती १० बजेसम्म भर्न पाइनेछ भने जुलाई २० तारिख शनिबार दिउँसो २ बजेबाट साँझ ७ बजेसम्म उम्मेदवारी दिन सकिनेछ ।

परेका उम्मेदवारी माथि दावी बिरोधको लागि जुलाई २२ तारिख सोमबार साँझ ५ बजे सम्मको समय तोकेको छ भने उम्मेदवारी फिर्ता लिनको लागि जुलाई २५ तारिख बिहिबार साँझ ५ बजे सम्मको समय सिमा तोकेको छ भने जुलाई २६ तारिख शुक्रबार साँझ ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिने पनि निर्वाचन समितिले यस अघि नै जनाइसकेको छ ।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...