कुवेत : कुुुुवेतमा एक जना नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ जिल्ला गल्कोट घर भइ ११ वर्षदेखि कुवेतमा कार्यरत रहेका तारा बहादुर बिक भएको बुझिएको छ। बिकको हिँजो जुलाइ ५ तारिक शुक्रबार राती उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।तारा बहादुर एक महिना अघि देखि उच्च रक्तचापको कारण उपचारार्थ फरवानिया अस्पतालमा भर्ना भइ उपचाररत रहेका थिए ।
मृतक तारा बहादुरलाई ब्लड प्रेसरले टाउकोमा असर पारेको उपचार संलग्न डाक्टरले बताएका छन् । सन् २००८ मा कुवेत आएका तारा बहादुर हाल कुवेतको आम्घारा स्थित नुर ग्लास फ्याक्ट्रीमा कार्यरत थिए । उनि पुरानो कम्पनि छोडेर नुर ग्लास फ्याक्ट्रीमा आएका थिए ।
घटना बारे कुवेत स्थित नेपाली दुतावासलाई जानकारी गराइ सकिएको र दुतावासले मृतकको बारेमा आवश्यक कानुनी प्रक्रिया पुरा गरेर क्षतिपूर्तिसहित शवलाई छिटोभन्दा छिटो नेपाल पठाउन पहल गर्ने आश्वासन दिएको छ । मृतक तारा बहादुरको घरमा वृद्ध बाबुआमा, श्रीमती र दुई छोरा रहेको छन् ।