News Portal

तमू समाज कुवेतको आयोजनाको रक्तदान कार्यक्रममा ११२ जनाले रक्तदान गरे

हिमाली संचार संवाददाता
६४५ पटक

कुबेत, ६ जुलाई : “रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज कुवेतद्वारा शुक्रबार आयोजना गरेको वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ। समाजद्वारा आयोजित उक्त पवित्र कार्यमा कुवेतवासी नेपालीहरुको उल्लेख्यनिय सहभागिता रहेको थियो भने ११२ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

कुवेतका लागि नेपाली राजदूत महामहिम दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न औपचारिक कार्यक्रमलाई ब्लड बैंकका प्रतिनिधि डा.जाबर, पब्लिक रिलेशन हेड मोहाम्मद र तमु समाज कुवेतका अध्यक्ष राजु गुरुङद्वारा संयुक्त रुपमा रिबन काटेर समुद्घाटन गरीएको थियोे।

औपचारिक कार्यक्रममा सभालाई सम्बोधन गर्दै महामहिम राजदूतले तमू समाजले गरेको यस मानविय कार्यको लागि आयोजक र सहभागी हुन आउने सम्पूर्ण नेपालीहरुलाई धन्यवाद दिदै रक्तदान आँफैमा पुण्य काम हो भने यस्ता किसिमको मानबिय कार्यले कुवेत सरकारसँग नेपालीहरुको सम्बन्ध सुमधुर बनाउन सहयोग पुग्ने विश्वास दिलाउनु भयो।

साथै रक्तदान कार्यक्रमको आयोजना गरी सम्पूर्ण नेपालीहरुलाई पुण्य प्राप्त गर्ने अवसर जुटाएकोमा आयोजक तमू समाज कुवेतप्रती आभार प्रकट भयो ।

ब्लड बैंकका प्रतिनिधिद्वय डा.जाबर र मोहाम्मदले जीवनमा रक्तदान भन्दा राम्रो कार्य अरु नहुने बदाउदै सम्पूर्ण राक्तदाताहरुलाई खुलेर स्वागत गर्नु भएको थियो।

समाजका उपाध्यक्ष याम गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष एवं छैटौ रक्तदान कार्यक्रमका संयोजक राजु गुरुङले जीबन र मृत्‍युसँग प्रत्यक्ष सरोकार राख्ने कार्यको तमू समाज कुवेतले आजोजना गर्न गइरहेको र उक्त कार्यमा सहयोग गर्नुहुने नेपाली राजदुताबास, नेपाली सँघसंस्था, बुद्धीजिबी एवं पत्रकार लगायत सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ धन्यवाद ज्ञापन गर्नु भयो।

साथै यस कार्यक्रमलाई सफल बनाउन बैचारिक रुपमा सहयोग गर्नु हुने अन्तरराष्ट्रिय नेप्लिज ब्लड डोनर्स प्रती हार्दिक कृतज्ञता प्रकट गर्नु भएको थियो । रक्तदान कार्यक्रम बेलुकी ६:३० बजे चलेको थियो भने कार्यक्रम स्थलसम्म आउनजानको लागि नि:शुल्क यातायातको ब्याबस्था गरिएको थियो।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...