News Portal

घरेलु कामदारको श्रम स्वीकृतिको माग राख्दै दुतावास कुवेतमा ज्ञापनपत्र

हिमाली संचार संवाददाता
५५३ पटक

कुवेत, ३ जुलाई : श्रम गरेर वैधानिक रुपमा आएका घरेलु कामदारहरुले नेपालमा छुट्टि गएर श्रम रोजगारीको लागि श्रम स्वीकृतिको फुकुवा गरेर पुनः कुवेत आउन पाउनु पर्छ भन्ने माग राख्दै कुवेतमा गठित संघर्ष समितिको संयोजक हरि कंडेलको अगुवाइमा जुलाई २ तारिख २०१९ मा कुवेतको नेपाली राजदूतावासमा ज्ञापनपत्र बुझाएको छ।

कुवेतका राजदुत महामहिम दुर्गा प्रसाद भण्डारी र मिनिस्टर अफ काउस्न्सिलर प्रकाशमणी पौडेलको उपस्थितिमा संघर्ष समितिको संयोजक हरि कंडेल लगायत समितिका पदाधिकारी र सदस्यहरुद्वारा हस्तक्षरीत ज्ञापनपत्र श्रम सहचारी ज्ञानेन्द्र शर्माको हातमा बुझाएको जागृती युवा समाज कुवेतको अध्यक्ष टिकाराम आचार्यले जानकारी दिए।

खाडी मुलुक मध्ये कुवेतमा पनि ठुलो संख्यामा काम गर्दै आएको घरेलु कामदारहरुको लागि यो पेशा असुरक्षित रहेको ठहर गर्दै नेपाल सरकारले सन् २०१४ देखि घरेलु कामदार पठाउन पूर्ण रुपमा रोक लगाएको छ।

सरकारले घरेलु कामदारको लागि श्रम स्वीकृति दिनमा रोक लगाएसंगै घरेलु कामदारको रुपमा काम गर्दै आएका कामदारहरुलाइ छुट्टीमा घर गएर पुनः कामको लागि कुवेत आउन समस्यामा परेकोले नयाँ भिषामा आउनलाई बन्द गरेता पनि पुराना घरेलु कामदारहरुलाइ श्रम स्वीकृति दिएर काम गर्न सहजीकरण गराउनको लागि ज्ञापनपत्र बुझाएको आचार्यले बताए।

यस्तो छ ज्ञापनपत्र :

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...