News Portal

छैटौ रक्तदान कार्यक्रमको तयारी पुरा, रक्तदान कार्यक्रम जान आउनको लागि यातायातको नि:शुल्क सुबिधा

हिमाली संचार संवाददाता
४९६ पटक

कुबेत :  रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमु समाजद्धारा चलाऊँदै आएको छैटौ रक्तदान अभियान कार्यक्रम आगामी ५ जुलाई २०१९ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना हुने कार्यक्रममा तयारी पुरा भएको जानकारी समाजको अध्यक्ष राजु गुरुङले जानकारी दिए।

सदाको झैं सामुहिक रुपमा गरिने रक्तदान कार्यक्रम यसपाली पनि कुवेतको जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएकोले सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यस मानविय कार्यमा सहभागी भई कार्यक्रम सफल पारिदिन आयोजक संस्था तमु समाज कुबेतले सार्वजनिक रुपमा अनुरोध गरेको छ।

छैटौ रक्तदान कार्यक्रम स्थल सम्मा आउन जानको लागि समाजले कुबेतको बिभिन्न ठाँउहरुबाट यातायातको नि:शुल्क सुबिधा गरेको छ। जस्तै ११ बजे KFC बस स्टप फाहाहिल ११:१५ बजे सुल्तान सेन्टर बस स्टप मङाफ ११ :३० फ्राइडे होटेल बस स्टप महाबुल्ला ११:४०लण्डन ब्रीज बस स्टप फेन्तास हुँदै सबसालिम हुँदै कार्यक्रम स्थल सम्म यातायातको लागि किरण गुरुङ लाई संम्पर्क गर्नु होला संम्पर्क गर्नु होला संम्पर्क न:६७७१३६७४ र जिलिब, फर्वानिया,खैतानको लागि भिम गुरुङलाई सम्पर्क गर्नु होला, ११ बजे जिलिबको मखबर बस स्टप,११ :२० बजे फर्वानियाको अल्घानिम अगाडि को बस स्टप,११ :३० बजे खैतन को मेनरोड ब्रीज बस स्टप हुँदै कार्यक्रम स्थल सम्मका लागि भिम गुरुङलाई  संम्पर्क न:५५८११२३५ सम्पर्क गर्नु होला।

छैटौ रक्तदान कार्यक्रम लाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी आयोजक तमू समाज कुबेतले हार्दिक अनुरोध गरेको छ।

मिति : ५ जुलाइे २०१९ शुक्रबार
समय : दिनको ठिक ०१.०० बजे
स्थान : सेन्ट्रल ब्लड बैंक, जाब्रिया, कुबेत

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...